संखुवासभामा बालिकाहरुलाई जबरजस्ती करणी गर्ने दुई जना पक्राउ

0
21

योगेन्द्र योगी
बिराटनगर,

 

संखुवासभामा बालिकाहरुलाई जबरजस्ती करणी गरेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।

१६ र १७ बर्षियाा बालिकालाई होटलमा लगेर करणी गर्ने पक्राउ पर्नेमा चिचिला गाउँपालिका– २ का ३५ वर्षीय तुफान राई र चिचिला गाउँपालिका– ३ का २८ वर्षीय प्रकाश राई रहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाका सूचना अधिकारी अभिषेक कुमार श्रेष्ठले जानकारी दिए ।

सूचना अधिकारी श्रेष्ठका अनुसार जेष्ठ ७ गते खाँदबारी बजार आएका परिवर्तित जिल्ला ०५, (खा ७) बस्ने बर्ष १७ की नाबालिका “परिवर्तित नाम संखुवासभा (य)” र बर्ष १६ कि “परिवर्तित नाम संखुवासभा (र)” लाई जबरजस्ती करणी गरेको उजुरी परेपछि पक्रउ गरिएको बताए।

उनीहरुले बालिकाहरुलाई खाँदबारी बजारमा भेटी ललाई फकाई गरी खाजा खाने र घुम्न जाने भनि प्रलोभन देखाएर मोटरसाईकलमा बस्न लगाई खाँदबारी नगरपालिका १ को एक होटलमा लगेर करणी गरेको आरोपमा पक्राउ गरिएको संखुवासभाका डीएसपी दक्ष कुमार बस्नेतले बताए।

आरोपित दुवै जनालाई आइतबार संखुवासभा जिल्ला अदालत चैनपुरबाट म्याद थप गरी अनुसन्धान कार्य भईरहेको डीएसपी बस्नेतले बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here