यातायात ब्यवसायीहरुले जेठ १९ गतेदेखि सवारी साधन नचलाउने

0
168

बिर्तामोड ।  सार्वजनिक यातायात ब्यवसायी र मजदुरहरुले बिभिन्न मागसहित आन्दोलनको तयारी गरेका छन् । यातायात ब्यवसायीहरुले आगामी जेठ १९ गतेदेखि सवारी साधन नचलाउने भएका छन् । सार्वजनिक यातायात बचाउ केन्द्रिय संघर्ष समितिको सर्कुलर अनुसार झापामा बसेको वैंठक अनुसार ब्यवसायीहरुले आन्दोलनको तयारी गरेका हुन् ।

नेपाल ट्रक यातायात ब्यवसायी महासंघ, ढुवानी ब्यवसायी महासंघ र चार वटा मजदुर संघको आयोजनामा सयुक्त आन्दोलन गर्ने निर्णय भएको नेपाल यातायात ब्यवसायी राष्ट्रिय महासंघ झापा कोषाध्यक्ष धनबहादुर गिरीले जानकारी दिए । यातायात ब्यवासायी राष्ट्रिय महासंघ झापा जिल्ला समितिको कार्यालय बिर्तामोडमा आज वसेको वैठकले जेठ १९ गतेदेखि यातायात ठप्प पार्ने निर्णय गरेको हो ।

सर्वोच्च अदालतबाट संघसंस्थाको सम्पत्ती फुकुवा कार्यन्वय, राईड सेयरिङ्ग सञ्चालनको नाममा सरकारले गरेको निर्णयलाई बदर र मजदुरहरुको योगदानमा आधारित सामाजिक सुरक्षाको कार्यन्वयन साथै संघसंस्था नवीकरणको उचित निर्णयलगायतका माग सम्बोधन नभएसम्म जेठ १९ गतेबाट सवारी साधन घर ग्यारेजमा थन्क्याउने निर्णय गरिएको बताइएको छ ।

आज बिर्तामोडमा बसेको वैठकले आन्दोलनका लागि सार्वजनिक यातायात बचाउ अभियान झापा जिल्ला मुल आयोजक समितिले चार वटा क्षेत्रगत उपसमिति र एउटा अनुगन तथा निर्देशन समितिसमेत गठन गरेको छ ।

नेपाल यातायात ब्यवसायी राष्ट्रिय महासंघ झापा सचिव हेमराज दाहालको अध्यक्षतामा भएको वैठकमा केन्द्रिय उपाध्यक्ष राजेन्द्र रिजालको प्रमुख आतिथ्य तथा नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका उपमहासचिव देबीप्रसाद भट्टराईको बिशेष आतिथ्य रहेको थियो । यातायात महासंघका केन्द्रिय सदस्य केशबबहादुर थापा, बिष्णुकुमार श्रेष्ठलगायतको उपस्थिति रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here