लागूऔषधः चुनौति र सहकार्य

0
10

आजको विश्वका लागि लागूऔषधको दुरुपयोग साझा समस्याका रुपमा देखापरेको छ । यसका कारण समाज, राष्ट्र मात्र होइन विश्व समुदायलाई चिन्ता थपिएको छ । साथै यही समस्याको समाधान विश्वकै लागि चुनौति बनिएको छ । यो समस्या अर्धविकसित र विकासशील देशमा मात्र होइन विकसित देशहरुमा नियन्त्रणको चुनौतिसँगै परिवार, समाज र राष्ट्रलाई नै अस्तित्व रक्षा गर्ने जिम्मेवारी पनि थपिएको छ । खासगरी हाम्रो जस्तो अर्ध विकसित देशहरु लागूऔषधको अन्तर्राष्ट्रिय कारोबारको ट्रान्जिट प्वाइन्ट बन्न थालेको छ । त्यसकै आधारमा र भू–मण्डलीकरणले यहाँ लागूऔषधको बिक्री, वितरण ओसारपसार मात्र होइन प्रयोगकर्ताहरु पनि बढ्दै गएका छन् ।

अन्तर्राष्ट्रिय व्यापारको विकास, यातायात र सञ्चारको पहुँच, छिट्टै धन कमाउने भोक जस्ता कारणले लागूऔषधको क्रियाकलापमा लाग्ने प्रवृत्तिको विकास भएको छ । खासगरी युवापुस्तामा लागूऔषधको प्रयोगको प्रवृत्ति बढ्दै गएको विभिन्न अध्ययनहरुले देखाएका छन् । जीवनशैलीमा यसलाई उतार्ने लालसाले युवा पुस्ता दुव्र्यसनी बन्दै गएका छन् । प्रयोगकर्ता बढेसँगै सामाजिक संस्कार बिग्रिने, अपराध बढ्ने, कुलतले दक्षता नष्ट गर्ने, अर्ध व्यवस्था कमजोर हुने, देशलाई विकासको बाटोबाट पछि धकेल्ने मात्र होइन मानिसको मृत्यु नै हुने जस्ता जटिल समस्याको जोखिम बढेर गएको छ । यसले दीर्घकालीन असर त गर्छ नै सामाजिक स्वरुप नै ध्वस्त बनाउँछ । त्यही कारण नेपालमा पनि यसको प्रयोग, ओसारपसार र कारोबार नियन्त्रण गर्न लागूऔषधलाई प्रतिबन्ध लगाउँदै यसको बढ्दो प्रभावलाई सामाजिक अपराधका रुपमा लिई नियन्त्रणका लागि विभिन्न समयमा ऐन, कानूनको तर्जुमा गरिएको छ ।

लागूऔषधको दुव्र्यसनका कारण विश्वमा बर्सेनि अढाई लाखभन्दा बढीको मृत्यु भइरहेको छ । यस्तोमा खुल्ला सीमाना भएको हाम्रो देशमा यसको प्रयोग, ओसारपसार तथा बिक्रीवितरणमा कडाइ नगर्ने हो भने लागूऔषधको समस्या भयावह बन्न सक्छ । यही अवस्थामा नेपालको पूर्वी प्रदेश कोशीमा प्रभावित जिल्लाहरुमा प्रहरीले विशेष अप्रेसन शुरु गर्ने जनाएको छ । प्रदेश प्रहरी कार्यालय कोशीका प्रमुख प्रहरी नायव महानिरीक्षक ईश्वर कार्कीले सोमबार बिर्तामोडमा आयोजित कार्यक्रममा लागूऔषध नियन्त्रण गर्न प्रहरी लागीपरेको बताए । प्रदेशका तराईका जिल्लाहरुमा लागूऔषधको अधिक कारोबार हुने गरेकोले त्यसलाई रोक्ने चुनौतिको सामना गर्न परिवार र समुदायको समेत साझेदारी हुनुपर्छ । सरोकारवाला सबैको सहयोग र समन्वयनमा यस्तो चुनौतिको सामना गर्न सकिने हुँदा सबैका बीच समन्वयकारी भूमिका हुनुपर्छ । अन्यथा बढ्दो सामाजिक अपराधलाई पनि न्यूनीकरण गर्न सकिँदैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here