मोरङ।
मोरङको बिराटनगर–१५ बाट लागूऔषधसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।
लागूऔषध नियन्त्रण ब्युरो विराटनगर र कोशी प्रदेश प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा सुन्दरहरैचा–७ का १९ बर्षीय अभिषेक राई, २५ बर्षीय लक्ष्मण चौधरी, रुपन्देही बुटवलकी ४१ बर्षीया कौशी बिश्वकर्मा र ३२ बर्षीया निशा सुनारलाई दुई ग्राम ४६ मिलिग्राम ब्राउन सुगर, स्पास्मो १४४ क्याप्सुल र २४ बोतल स्कप सहित नियन्त्रणमा लिएको हो ।
पक्राउ परेका उनीहरुको थप अनुसन्धान भईरहेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।