सप्तकोसी बेपत्ता सुरक्षाकर्मी मध्ये एक जनाको शव भेटियो,अझै एक जनाको खोजीकार्य जारी

0
24

बिराटनगर,

सप्तकोसी नदीमा उद्धार अभ्यास गर्ने क्रममा बेपत्ता भएका सशस्त्र प्रहरी जवान हरदेव राजवंशीको शव फेला परेको छ।

बिहिबार विपद् उद्धार अभ्यासका क्रममा बेपत्ता भएका राजवंशीको शव फेला पारेको जिल्ला प्रहरी कार्यालय सुनसरीका डीएसपी योगराज खतिवडाले जानकारी दिए।

विपद् उद्धार अभ्यासमा खटिएका ५ जना मध्ये सशस्त्र प्रहरी जवान हरदेब राजवंशी र सुरज साउद बेपत्ता भएका थिए। बेपत्ता साउदको अवस्था अझै पत्ता लाग्न सकेको छैन भने खोजीकार्य जारी रहेको डीएसपी तथा प्रवक्ता खतिवडाले बताए।

बेपत्ता भएका सुरक्षाकर्मीको खोजीमा सशस्त्र प्रहरी बलका वरिष्ठ प्रहरी उपरीक्षक नेत्र कार्कीको नेतृत्वमा ३५ सदस्यीय टोली परिचालन गरिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here