बिर्तामोड । बिर्तामोड नगरपालिका वडा नम्बर १ स्थित जगतबस्ती मस्टोमाण्डु चोकदेखि मुसी चोकसम्मको ४ सय ३५ मिटर सडक आज कालोपत्रे गरिएको छ ।
सघन शहरी विकास अन्तर्गतको भ्याटसहित ७४ लाख रुपैयाँमा पृथ्वी निर्माण सेवाले कालोपत्रे निर्माणको काम सम्पन्न गरेको हो । सडकको चौडाई ७ मिटर छ ।
२०१५ साल भन्दा अघिको यो सडक बल्ल कालोपत्रे गर्न सफल भएको वडा नम्बर १ का वडाअध्यक्ष अग्निप्रसाद पाण्डेले बताउनु भयो । उहाँका अनुसार वडा नम्बर १ मा यस वर्ष मात्रै ५ किलो मिटर भन्दा बढी सडक कालोपत्रे भएको जानकारी दिनु भयो ।