भतिजलाई आफ्नै काकाले घरवारविहीन बनाउन लागेपछि…

0
8

योगेन्द्र योगी
बिराटनगर,

मोरङको सुन्दरहरैंचा – ४ बलिया चोक नजिक एउटा एक तले घर छ। जुन घरमा विश्वहरि खतिवडा,पार्वति खतिवडासहित अपाङ्ग एक छोरा एक छोरी बस्दै आएका छन्। कुरा २०४९/५० साल तीरको हो आफ्नै सहोदर काका हरिकृष्ण खतिवडासँग विश्वहरिका दाजुहरुले २ लाख १५ हजारमा उक्त घरसहित दुई कठ्ठा जग्गा किने।

विश्वहरिका अनुसार आफ्नै सहोदर साइला काका रहेका हरिकृष्णले उक्त घर जग्गा म पछि तिमीहरुलाई पास गरिदिन्छु भनेर छाडिदिए। हरिकृष्ण त्यति बेला प्रशासन हुँदै प्रमुख जिल्ला अधिकारी भएका थिए। उनी विश्वहरिको दाजुभाईको बिहेमा पनि त्यहिँ घरमा आए। सबै दाजुभाइले विश्वहरिको आर्थिक अवस्था अलिक कम्जोर भएको र छोरा छोरी पनि अपाङ्ग जन्मिएपछि घर उनलाई नै छाडीदिए।

तर, काका हरिकृष्णले पछि जग्गाको भाउ बढदै गएपछि उक्त घर जग्गा नदिने भन्दै अनेक बहाना बाजी गर्न थाले। उनी प्रमुख जिल्ला अधिकारीबाट अवकाश भएपछि घर खाली गर्न धाकधम्की पनि दिए त्यति गरेपछि पनि खाली नभएपछि उनले मोरङ जिल्ला अदालत बिराटनगरमा मुद्धा हालेर ७ दिन भित्र खाली गरिदिन म्याद आए पिडित विश्वहरिले बताए।

‘अहिले घर खाली गरिदिनु भनेर ७ दिनको म्याद आएको छ,विश्वहरिले भने,’ अब हामी यो अपाङ्ग छोरा छोरी लिएर कहाँ जाने ? कसरी जाने हामीलाई न्याय चाहियो।’ त्यति बेला टिनको छाना भएको घरलाई आफूले २०५२ साल तीर १५-१६ लाख लगानी गरेर पक्की बनाएको बताउदै उनले कुनै हालतमा पनि घर नछाड्ने बताए। छाड्नै परे पहिला म,श्रीमती र दुई अपाङ्ग छोरा छोरीको लास निकाल्न र अनि मात्र घर खाली हुने बताए।

गाउँ समाज पनि मेरो बारेमा जानकार रहेको बताउदै विश्वहरिले आफ्नो कुनै गल्ती नभएको र गल्ती देखिए जुनसुकै सजाय भोग्न पनि तयार रहेको तर,घर भने नछाड्ने बताए। उनले काका नाममा भएको जग्गा आफ्नो नभएको तर,त्यो बेला बोलेको कुरा व्यवहारमा उतार्न माग गर्दै आफूलाई यहिँ ठाउँ कुनै एउटा सानो टिनको घर बनाई दिए अहिले भएको घर छाड्न सक्ने बताए।

उनले आफूहरुलाई न्याय दिलाउन यतिबेला हारगुहार गरिरहेका छन्। पिडित विश्वहरिको पिडा सुन्ने बित्तकै नेकपा एमाले सुन्दरहरैंचा – ५ का अध्यक्ष बिशाल गुरागाईले उनी अन्यायमा परेको भन्दै सुन्दरहरैंचाका नगरप्रमुख केदार प्रसाद गुरागाई लगायत जनप्रतिनिधिहरुसँग पनि पिडितलाई न्याय दिलाउन लागि परिरहेको बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here