लागू औषधसहित पाँच जना पक्राउ

0
109

विराटनगर ।

मोरङ, झापा र उदयपुरबाट प्रहरीले लागूऔषध सहित पााँच जनालाई पक्राउ गरेको छ ।

मोरङको विराटनगर महानगरपालिका १६ हुलासचौकबाट लागू औषध नियन्त्रण व्युरो विराटनगरबाट खटिएको प्रहरी टोलीले कोशी गाँउपालिका वडा नं. ३ बस्ने ३५ बर्षीय श्याम कुमार यादवलाई ब्राउन सुगर एक ग्राम ५१० मिलिग्राम सहित पक्राउ गरिएको छ ।

त्यस्तै झापा भद्रपुर नगरपालिका ४ डाँगीबारीबाट वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी टोलीले बिर्तामोड नगरपालिका ४ अनारमनि बस्ने ४२ बर्षीया अन्जु मण्डल र बिर्तामोड नगरपालिका १ सुर्यनगर बस्ने २४ बर्षीय अशारु चौधरीलाई ब्राउन सुगर दुई ग्राम ०४० मिलिग्राम सहित पक्राउ गरिएको छ ।

उता उदयपुर त्रियुगा नगरपालिका–११ बाट जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरी टोलीले त्रियुगा नगरपालिका १० का २३ बर्षीय रोनिस दाहाल र १८ बर्षीय बसन्त मोतेलाई लागूऔषध ट्रामोल ५५ क्पाप्सुल, तत्काल नाम नखुलेको औषधी ३२ क्याप्सुल सहित पक्राउ गरिएको छ ।

पक्राउ परेका उनीहरुको थप अनुसन्धान भईरहेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here