झापा, राजश्व चुहावट सम्वन्धि मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा बिर्तामोड नगरपालिका ८ निवासी ३० वर्षीय ामिर ल्वागुन विश्वकर्मा रहेका छन् । उनलाई उच्च अदालत पाटनको २०८१ साल फागुन २६ गते भएको फैसला अनुसार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । दुई करोड चौरासीलाख अन्ठाउन्न हजार जरिवाना भएका उनलाई एक वर्ष २ महिना १५ दिन कैद सजाय समेत रहेको छ । पक्राउ परेका विश्वकर्मालाई जिल्ला अदालत झापा उपस्थित गराएर कारागार चलान गरिएको प्रहरीले जनाएको छ ।