धनकुटा ।
मासु खानेक्रममा घाँटीमा हड्डी अड्किँदा धनकुटाको महालक्ष्मी नगरपालिका–९ मूर्तिढुङ्गाका एक वृद्धको मृत्यु भएको छ ।
७८ वर्षीय प्रेमबहादुर लिम्बूको गएराति मृत्यु भएको प्रहरीले जनाएको छ।
खानासँग सुँगुरको मासु खानेक्रममा घाँटीमा अड्किएर गम्भीर बिरामी भएका लिम्बूको विराटनगरस्थित विराट टिचिङ अस्पतालमा उपचारको क्रममा अस्पतालमा मृत्यु भएको बताइएको छ ।