गुरुङमाथि दाउ प्रहार

0
38

झापा ।

झापाको हल्दीवारी गाउँपालिका– न ३ कुनाबारीमा दाउ प्रहार हुँदा एक जना घाइते भएका छन् । गएराति १० बजेको समयमा सोही स्थान बस्ने २८ वर्षीय समिर गुरुङमाथि दाउ प्रहार भएको थियो ।

हल्दीबारी–१ का २६ वर्षीय दावा गुरुङले एक्कासी उनलाई दाउ प्रहार गरी घाइते बनाएका थिए । घाईते समिरलाई उपचारको लागि प्रादेशिक अस्पताल भद्रपुरमा पठाईएको छ । उपचारमा आफन्त संलग्न रहेका छन् ।

दाउ र दाउ प्रहार गर्ने दावा गुरुङलाई नियन्त्रणमा लिएर मुलुकि अपराध संहिता २०७४ अन्तर्गत अभद्र व्यवहार कसुरमा दिन ५ म्याद गरी अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here