विमल दहाल,
इलाम, आईतवार साँझ ६ वजे ईलाम नगरपालिका वडा नम्बर-११ को सोयाकको आले सडक खण्डमा पिक अप दुर्घटना हुँदा १ को ज्यान गएको छ भने २ जना घाईते भएका छन्।
विर्तामोडबाट खाद्य सामाग्री लिएर जितपुर जाँदै गरेको वोलेरो पिकअप सडक सडकबाट १५० मिटर तल खस्दा देउमाई नगरपालिका-९ जितपुर निवासी विष्णु पराजुलीको घटनास्थलमानै मृत्यु भएको छ । मृतक पराजुली गाडी मालिक हुन। त्यस्तै नाम खुल्न नसकेकी पराजुलीकी छोरी र अर्का एकजना घाइते भइ उपचारका विर्तामोडको वि एण्ड सि अस्पताल लगिएको स्थानिय समाजसेवी मोहन पराजुली लाई उद्धत गर्दै समाजसेवी अनिल लामाले जानकारी दिनुभएको छ।