दुबईमा दुईतल्ले बस चलाउने शान्ति भण्डारीलाई ‘ट्रेलब्लेजर अफ द इयर’ अवार्ड

0
63

योगेन्द्र योगी
बिराटनगर,

मध्यपूर्वको पर्यटन क्षेत्रकी एक चिरपरिचित नाम तथा नेपाली महिलाहरूको सशक्तीकरणको प्रतीकको रुपमा कार्य गर्दै आएकी शान्ति भण्डारीलाई ‘ट्रेलब्लेजर अफ द इयर’ अवार्ड प्रधान गरिएको छ। गल्फ न्युज र BeingShe को सहकार्यमा आयोजित एक्सिलेन्सि अवार्ड’ २०२५ मा एक्सिलेन्सि इन टुरिजम — ट्रेलब्लेजर अफ द इयरको अवार्ड प्रदान गरिएको हो ।

दुबईको प्रतिष्ठित म्युजियम अफ द फ्युचरमा आयोजित यस कार्यक्रममा भण्डारीलाई यो अवार्ड प्रदान गरिएको हो। भण्डारी मध्यपूर्वको पर्यटन क्षेत्रमा दुईतल्ले बस चलाउने पहिलो महिला चालक बनेर इतिहास रच्दै विगत दुई वर्ष देखि युएईमा कार्यरत छिन्। नेपालबाट सुरु भएको उनको यात्रा अहिले यूएईको व्यस्त सडकमा गर्व र आत्मविश्वासका साथ अगाडि बढिरहेको छ। यो अवार्ड उनले आफ्नो निरन्तरको परिश्रम, आत्मबल र अठोटको बलमा हासिल गरेकी हुन्।

उनको यो उपलब्धिले विश्वभरका महिलाहरूलाई प्रेरणा प्रदान गरेको छ। पाचौ संस्करणको यो अवार्ड बिभिन्न क्षेत्रमा उत्कृष्ट प्रदर्सन गरेर आफुलाई अब्बल रुपमा अगाडी ल्याएका ४०० जना भन्दा धेरै सफल महिलाहरु बाट छानिएका मध्य ३७ जना विभिन्न क्षेत्रका प्रतिनिधित्व गर्ने उत्कृष्ट महिलाहरुलाई अवार्ड प्रदान गरिएको मा नेपालकी शान्ति पनि यो अवार्ड जित्न सफल भएकी हुन। निर्णायक मण्डलका चारजना सदस्यहरुको ती महिनाको अनवरत कार्यबाट छानिएका ३७ जना मध्य यो संस्करणको कार्यक्रममा पर्यटन क्षेत्रबाट अवार्ड जित्न सफल हुने उनी मात्रै हुन्।

“मेरो लागी यो अवार्ड केवल अवार्ड मात्र नभएर मेरो दुख, संघर्ष, आँशुको सामना गर्दै सपना पूरा भएको क्षण हो। म यो सम्मान मेरी आमालाई समर्पण गर्छु, जसको माया र आशीर्वाद बिना म यहाँसम्म आइपुग्न सक्दिनथे,” शान्तिले भावुक हुँदै भनिन्। उनकी आमा छोरीको यो ऐतिहासिक सम्मानको साक्षी हुन विशेष रूपमा नेपालबाट दुबई पुगेकी थिइन्।

शान्ति चालक मात्र होइनन्, परिवर्तनको संबाहक चालक भएको आयोजकले जनाएको छ। उनको यो उपलब्धि नेपाल र विश्वभरका महिलाहरूका लागि प्रेरणाको स्रोत बनेको छ। उनीले आफ्नो बसको स्टेरिङ मात्र होइन, महिलाको सम्भावना र सपना अगाडि पनि बढाउना सहयोग पुग्ने बिश्वास राखेको आयोजकले जनाएको छ।

कार्यक्रमको प्रमुख रहेकी युएईको अर्थ मन्त्रालयको सहयोग सेवा क्षेत्रका सहायक उपसचिव बद्रेया अल मैदूरले संम्बोधन गर्ने क्रममा “यो हाम्रो लागि ठूलो गर्वको कुरा हो कि युएईमा महिलाहरूले मन्त्री पदहरूमा २९ प्रतिशत ओगटेका छन् – मध्य पूर्वमा सबैभन्दा उच्च मध्ये एक हो। महिलाहरूले संघीय राष्ट्रिय परिषद्को ५० प्रतिशत पनि ओगटेका छन्, र युएईको सार्वजनिक क्षेत्रको कार्यबलको ६६ प्रतिशत ओगटेका छन्, जसमध्ये ३० प्रतिशतले नेतृत्व पदहरू सम्हालेका छन्।

यी उल्लेखनीय उपलब्धिहरू युएईको दूरदर्शी नेतृत्वको प्रमाण हुन्, जसले महिलाहरूलाई राष्ट्रको विकासमा समान साझेदारको रूपमा र फस्टाउँदो, अग्रगामी समाजको जगको रूपमा निरन्तर मान्यता दिएको छ। उनले उत्कृष्टता पुरस्कारलाई काममा सकारात्मक प्रभाव पार्न र अर्थपूर्ण परिवर्तन ल्याउन सबैसँग भएको असाधारण क्षमताको उत्सव मनाउने प्लेटफर्मको रूपमा टिप्पणी गरिन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here