साहित्यकार बराल ‘दीर्घ साहित्य सेवा सम्मान–२०८१’ बाट सम्मानित

0
26
अर्जुनधारा । 
झापाको अर्जुनधारा नगरपालिकाले प्रत्येक वर्ष प्रदान गर्दै आएको दीर्घ साहित्य सेवा सम्मानबाट साहित्यकार कृष्ण बराल सम्मानित भएका छन् ।
अर्जुनधारा नगरपालिकाको सभाहलमा नगर प्रमुख एवम् समारोहका सभाध्यक्ष बलदेवसिंह गोम्देन तामाङको अध्यक्षतामा आयोजित समारोहमा प्रमुख अतिथि वरिष्ठ साहित्यकार पूण्यप्रसाद खरेल, उपप्रमुख खड्गमाया पराजुलीलगायतले उनलाई सम्मानित गरेका थिए ।
‘दीर्घ साहित्य सेवा सम्मान–२०८१’बाट सम्मानित बरालले सम्मान पत्रसहित नगद पुरस्कार एक लाख एक हजार प्राप्त गरेका छन् । सम्मानित व्यक्तित्वको व्यक्ति परिचय साहित्यकार सामसेन पन्धाकले गरेका थिए ।
यस अघि दीर्घ साहित्य सेवा सम्मान–२०७७, २०७८, २०७९ र २०८० बाट क्रमश साहित्यकारहरु सरोजकुमार ओली, विष्णुकुमार भट्टराई, हस्त परियार र कालीबहादुर थापा सम्मानित भएका छन् ।
सोही समारोहमा ‘नगर विकासमा साहित्यको भूमिका’ विषयक साहित्य विमर्श कार्यक्रम सञ्चालन गरिएको थियो । सहजकर्ता अग्रज पत्रकार दिपीन राईले सहजिकरण गरेको कार्यक्रममा वक्ताहरु गणेश निरौला, प्रकाश थाम्सुहाङ र मिश्र वैजयन्ती रहेका थिए ।
त्यसैगरी समारोहमा साहित्यकारहरु केशव आचार्य, मुनाराज शेर्मा, टंक विकल्प, पूण्य बराल, विवश बलिभद्र कोइराला, अभागी थेगुवा, सुन्दर कुरुप, मायामितु न्यौपाने, केशवराज पौडेल, सेलिङ केसी, पदमबहादुर निरौला, दीपक ढुंगानालगायतले कविता एवम् गजल प्रस्तुत गरेका थिए ।
भाषा, कला, साहित्य तथा संस्कृति प्रबद्र्धन समितिकी संयोजक कञ्चन काफ्लेले स्वागत गरेको समारोहमा नगरकी उपप्रमुख खड्गमाया पराजुलीले समारोहको औचित्य माथि प्रकाश पारेकी थिइन् । उक्त समारोहको सञ्चालन प्रशासन शाखा सहायक सौजन कटुवालले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here