हात्तीले लियो महिलाको ज्यान

0
25

झापा । इलाममा जंगली हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । रोङ गाउँपालिका ६ स्थित सिद्धिखोला किनारको घारीमा जंगली हात्तीको आक्रमबाट तत्काल नाम थर वतन नखुलेको अन्दाजी वर्ष ५०/५५ की महिलाको मृत्यु भएको हो ।
शनिवार साँझ ५ः३० बजे प्रहरी चौकी जिर्मलेमा खबर प्राप्त हुनासाथ प्रहरी सहायक निरीक्षक इन्द्रप्रसाद साहको कमाण्डमा प्रहरी टोली खटिएर घटनास्थल सुरक्षित राखेको छ । घटनास्थल अनुसन्धान तथा कानुनी प्रक्रियाको लागि इलाका प्रहरी कार्यालय पशुपतिनगरले तालुक इलाका प्रहरी कार्यालय काँकडभिट्टा झापासंग समन्वय गरिरहेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here