कार भाडामा लिएर ब्राउनसुगरको धन्दा

0
123

झापा । लागू औषध दुव्र्यसन विरुद्ध देश व्यापी रुपमा सप्ताहव्यापी कार्यक्रम भइरहेको छ ।
जिल्ला प्रशासन कार्यालयको अगुवाइमा झापामा पनि यो कार्यक्रम सञ्चालित छ । तर, लागू औषध ओसारपसारमा सम्लग्नलाई यस्ता कार्यक्रमले छोएको छैन । शनिवार मात्रै झापाको भद्रपुरमा ठूलो परिमाणमा लागू औषध सहित दुई जना पक्राउ परे । उनीहरुको शुरुमा परिचय नखुलेपनि पछि उनीहरुको परिचय खुलेको छ । पक्राउ पर्नेहरूमा काठमाडौँ महानगरपालिका २६ बस्ने २४ वर्षीय निवेश कुँवर र लमजुङ कोलासोतार गाउँपालिका ७ बस्ने २२ वर्षीया नोजिना राना मगर रहेका छन् ।

शनिबार दिउँसो १ः३० बजे गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक विजय चौहान र लागूऔषध नियन्त्रण ब्युरो काँकडभिट्टाबाट प्रहरी नायव निरीक्षक कुमार सोमेस लामिछानेको कमान्डमा खटिएको संयुक्त प्रहरी टोलीले भद्रपुर ५ स्थित भन्सार चोकमा भारतबाट नेपालतर्फ आइरहेको बा। प्रदेश ०१–०३० च ७७९३ नम्बरको नेटा कम्पनीको ब्लु रङ्गको कारलाई रोकी चेकजाँच गरेको थियो ।

त्यस क्रममा चालक कुँवरले कालो प्लास्टिकमा प्याक गरी आफू बस्ने सिटमा राखेर त्यसमाथि बसेर लुकाइछिपाई ल्याइरहेको अवस्थामा ब्राउन सुगर फेला परेको थियो । त्यसलाई डिजिटल तराजुमा तौल गर्दा प्लास्टिकसहित ५१ ग्राम ९९० मिलिग्राम र प्लाष्टिकं बाहेक ४७ ग्राम ६९० मिलिग्राम ब्राउन सुगर रहेको प्रहरीले जनाएको छ । ती युवती कार भाडा गरेर ब्राउन सुगर लिन भद्रपुर आएका थिए ।

सो ब्राउन सुगरसहित कार चालक कुँवर र कारमा सवार राना मगरलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय झापामा ल्याई थप अनुसन्धान भइरहेको जनाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here