पथरी शनिश्चरे नगरपालिकामा पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा

0
17

पथरी शनिश्चरे ।

‘स्थानीय स्रोतको उपयोग, स्वामित्व र सहभागिता, पूर्णखोप सुनिश्चितता हाम्रो प्रतिवद्धता’ भन्ने मूल नाराका साथ पथरी शनिश्चरे नगरपालिकामा पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको छ ।

आईतबार पथरी शनिश्चरे वडा नं. १ को श्री नर्वदेश्वर शिवालय मन्दिरमा पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको हो । नगर प्रमुख मोहन प्रसाद तुम्वापोको अध्यक्षतामा भएको सो समारोहमा मोरङ जिल्ला खोप समन्वय समितिका अध्यक्ष अजम्बर राईको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा वडा नं. ७ का वडाध्यक्ष उद्धवराज बस्नेत, नेकपा माओवादी केन्द्रका नगर अध्यक्ष गोविन्द कटुवाल, स्वास्थ्य कार्यालय मोरङका वरिष्ठ जनस्वास्थ्य प्रशासक सागर प्रसाई लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो । सो अवसरमा नगरका ३० जना सामुदायिक महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई सम्मान गरिएको थियो ।

नगरका स्वास्थ्य शाखा प्रमुख मुरारी आचार्यले सञ्चालन गर्नुभएको सो कार्यक्रममा वडा र वडाका स्वास्थ्य कर्मचारीहरुलाई पनि सम्मान गरिएको थियो । कार्यक्रममा वडाध्यक्षहरु भीम राई, नैना राई, चेतेन्द्र खड्का, कार्यपालिका सदस्य तथा वडा सदस्यहरु, राजनीतिक दलका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here