‘व्यवसायीले खेप्नुपरेका समस्याका बारेमा सचेत रहन आग्रह’

0
32

विर्तामोड,

नेपाली कांग्रेस झापाका सभापति देउकुमार थेवेले उद्योगी ब्यवसायीले खेप्नुपरेका समस्याका बारेमा सचेत रहन उद्योग, ब्यापार, बाणिज्य तथा आपूर्ति विभागका पदाधिकारी सदस्यलाई आग्रह गर्नुभएको छ ।

नेपाली कांग्रेस झापा मातहत रहेको उद्योग, ब्यापार, बाणिज्य तथा आपूर्ति विभागको विस्तारित बैठकलाई आज जिल्ला पार्टी कार्यालयमा प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै यस्तो आग्रह गर्नुभएको हो ।

कार्यक्रममा बोल्दै नेपाली कांग्रेस झापाका सचिव कृष्ण हुमागाई ब्यापार ब्यवसाय सञ्चालनका क्रममा देखिएका बैंकिङ समस्या समाधानप्रति ध्यान दिन विभागीय समितिलाई आग्रह गर्नुभयो ।

विभागका संयोजक गोविन्दप्रसाद पौडेलको सभापतित्वमा सम्पन्न कार्यक्रममा २ नम्बर क्षेत्रीय सभापति खगेन्द्र मैनाली, अजय साहेवाला, इन्दिबर खड्का, श्याम लम्साल, कपिलकिशोर क्षेत्री, भोलानाथ मैनाली लगायतले मन्तब्य राख्नुभएको थियो । कार्यक्रमको सञ्चालन नेपाली कांग्रेस झापाका कार्यालय सचिव जयकुमार दाहालले गर्नुभएको थियो ।

विभागका संयोेजक पौडेलको अध्यक्षतामा सम्पन्न विस्तारित बैठकले कार्यसमिति विस्तार पनि गरेको छ । समितिको सहसंयोजकमा गंगादेवी अधिकारी बजगाईं, सचिवमा इन्दिबरसिंह खड्का रहनुभएको छ । समितिका सदस्यहरुमा कपिलकिशोर क्षेत्री, ब्रह्मलाल ओझा, सूर्यप्रकाश उप्रेती, प्रकाश बास्तोला, ज्ञानु थापा, पुष्प काफ्ले, खगेन्द्र पाण्डे, अजय देव, देवेन्द्र सिंह, प्रेमचन्द्र चौधरी, योगेस भटराई, दीपक साफी, अजय शाहेवाला, विनय गोयल, कमला दवाडी, अनिता अधिकारी, सरोज लामिछाने, सुरज शाह, कृष्णप्रसाद प्रसाई, सुरज शाह रहनुभएको छ ।

४१ सदस्यीय समितिका सदस्यहरुमा खगेन्द्र कार्की, कृष्ण थापा, सरोज सिटौला, राजु उप्रेती, मनोज गणेश, बसुन्धरा थपलिया, भोलानाथ मैनाली, मोहनबहादुर कार्की, कमल सेन्चुरी, देवीलाल राजवंशी, प्रमेत यादव, दिलनाथ कटुवाल, कृष्ण शर्मा, रामबहादुर ढुङ्गाना, भीम पौडेल, लोकनाथ खनाल, श्याम लम्साल, दिनेश अग्रवाल लगायत रहनुभएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here