झापा । झापामा एक व्यक्तिले आफ्नै सासू आमालाई जबरजस्ती करणी गरेको आरोप लागेसँगै उनी पक्राउ परेका छन् ।
झापा गाउँपालिका निवासी ती व्यक्तिले आफ्नै ६५ वर्षीया सासू आमालाई करणी गरेको उजुरीका आधार मा प्रहरीले उनलाई पक्राउ गरेको हो । झापा गाउँपालिका–३ स्थित फूलगाछी बस्ने ३८ वर्षीय हस्दा थरका ती
व्यक्तिले सासूआमालाई ससुराली घर मै बलात्कार गरेको उजुरी परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
सासूआमालाई जवरजस्ती करणी गरे पनि उनी शिवसताक्षी नगरपालिका–७ स्थित लालपानी रहेका आफन्तको घर मा लुकेर बसेको अवस्थामा प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यता हल्दिवारी र कचनकवल गाउँपालिकामा समेत करणीको आर ओपमा दुई व्यक्ति पक्राउ परेका छन् । सुस्त मनस्थिति भएकी २६ वर्षीया युवतीलाई जबरजस्ती करणी गरी २० हप्ताको गर्भ रहे सँ गै हल्दिवारी गाउँपालिका–२ बस्ने ७३ वर्षीय वृद्ध मेदनीप्रसाद चापागाँईँ पक्राउ परेका छन् । उनले गतमाघ महिनादेखि पटक– पटक जबरजस्ती करणी गर्ने गरेको उजुरी परेको हो ।
त्यस्तै २८ वर्षीया महिलालाई जबर जस्ती करणी गरे को आरोपमा कचनकवल गाउँपालिका–६ पल्लावारी निवासी २३ वर्षीय डी कुमार भनिने हरदेव यादव पक्राउ परेका छन् । उनले पीडितकै घरभित्र पसी जबरजस्ती गरेको आरोप लागेको छ ।