झापाा । धानको बीऊ उखेल्दा उखेल्दै एक व्यक्तिको मृत्यु भएको छ । बिर्तामोड नगरपालिका १० निवासी जीवन पाठकको खेतमा काम गरिरहेका धिरेन सन्थालको मृत्यु भएको हो ।
यो तस्वीर साङ्केतिक मात्र हो ।
उनी शिवसताक्षी नगरपालिका निवासी हुन् । २७ वर्षीय धिरेन विगत १० दिनदेखि पाठकको घरमा काम गर्दै आएका थिए ।उनमा छारे रोग भएको बताइएके छ । धान उखेल्ने क्रममा उनलाई रोगले च्यापेको र खेतमै ढलेको बताइएको छ ।