झापा । बाह्रदशी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि ५५ करोड १८ लाख ३८ हजार ६ सय रुपैयाँको बजेट र नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ।
गाउँसभाको सोमबार सुरु भएको बैठकमा गाउँपालिका अध्यक्ष देविन्द्र प्रसाद चम्लगाई ले विकासका विभिन्न योजनासहितको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । कार्यक्रममाा गाउाँपालिका उपाध्यक्ष शान्तादेबी शिवाकोटीले सभामा प्रस्तावित आयव्यय सहितको बजेट प्रस्तुत गरेकी थिइन् ।
सभामा विनियोजन विधेयक २०८२, आर्थिक विधेयक २०८२ र विभिन्न विषयगत समितिका प्रतिबेदन पेश गरिएका थिए ।
कोशी प्रदेश गाउँसभा र नगरसभा संचालन कार्यविधि ऐन २०७५ को दफा ३ बमोजिम गाउँसभाको १७ औं अधिवेशनको संचालन गरिएको थियो। सभाको सहजिकरण गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत जनार्दन निरौलाले गरेका थिए ।