झापा । वीरता लेडी जेसीजको नियमित कार्यक्रम अन्तरगत ‘जेसीज सप्ताह’ चलिरहँदा दोस्रो दिन वादविवाद भएको छ ।
वीरता लेडी जेसीजका पदाधिकारीबीच नभई विद्यार्थीबीचमा भएको वादविवादले शिक्षकहरुलाई वाद विवाद छुट्याउन हम्मे परेको थियो । विद्यार्थीहरुबीच वाद विवाद एमिटी स्कूल बिर्तामोडमा भएको थियो । विद्यार्थी बीचमा भएको वाद विवाद ‘रियल’मा नभई प्रतियोगितात्मक हो ।
वीरता लेडी जेसीजले आफ्नो नियमित साप्ताहिक कार्यक्रम अन्तरगत विद्यार्थी बीचमा प्रतियोगिता गराएके हो । के सामाजिक सञ्जाल सकारात्मक परिवर्तनलाई प्रेरित गर्ने र सृजना गर्ने उत्तम प्ल्याटफर्म हो ? भन्ने विषयमा भएको प्रतियोगितात्मक वाद विवादमा निधि माध्यमिक विद्यालयकी कक्षा १२ मा अध्ययनरत् छात्रा सोफिया खड्काले प्रथम, भइन् ।
त्यस्तै न्युटन्स एजुकेशन एकाडेमीकी कक्षा ९ मा अध्ययनरत् छात्रा अन्वेशा ढुङ्गेल द्वितीय ,एमिटी एजुकेशन फाउन्डेशनका कक्षा १२ मा अध्ययनरत् छात्र प्रज्ञान दाहाल तृतीय र तक्षशिला एजुकेशनकी कक्षा ९ मा अध्ययनरत् छात्रा जेसीका श्रेष्ठले सान्तवना भएका थिए ।
प्रतियोगिताका बिजेता प्रथमलाई पाँच हजार, द्वितियलाई तीन हजार, तृतीयलाई दुई हजार र सान्तवनालाई एक हजार नगद र प्रमाणपत्र प्रदान गरिएको थियो । प्रतियोगतामा निर्णायकको भूमिकामा भूमि खतिवडा र शेखर पाण्डे रहेका थिए ।
वीरता लेडी जेसीजले विहीवार अन्तर माविस्तरीय वादविवाद प्रतियोगिता गरेको थियो । वीरता लेडी जेसीजकी अध्यक्ष निशा शाक्यको अध्यक्षता तथा बिर्तामोड नगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष रोहित प्रसाईको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा कार्यक्रम संयोजक तथा तालिम संयोजक कोपिला पोख्रेलले स्वागत मन्तव्य व्यक्त गरेकी थिइन्।
कार्यक्रममा वीरता लेडी जेसीजकी सदस्य तारा रिजालले आस्था वाचन र जनसम्पर्क अधिकारी पारू श्रेष्ठले मिसन भिजन बाचन गरेका थिए। कार्यक्रममा जेसीज सप्ताह मूल संयोजक तथा वीरता लेडी जेसीजकी निवर्तमान अध्यक्ष मेनुका ओलीले औचित्यमाथि प्रकाश पारेकी थिइन् ।
कार्यक्रममा न्युटन्स एजुकेसन एकेडेमीका प्रिन्सिपल देवेन्द्र हुमागाई, एमिटी एजुकेशन फाउण्डेसनका प्रिन्सिपल आरएस ढकाल, गोमेन्द्र बिर्तामोडल स्कूलका प्रिन्सिपल उत्तम खनाल,वीरता लेडी जेसीजकी पूर्व अध्यक्ष संगीता गिरीलगायतले शुभकामनासहित मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको सञ्चालन महासचिव प्रभा रायले गरेकी थिइन्।
वीरता लेडी जेसीजले वुधवारबाट जेसीज सप्ताह सुरु गरेको हो ।