‘मिन्डा’ मोटरसाइकल व्याट्रीको मेकानिक मिट

0
517

 

बिर्तामोड, बैशाख २६ । बिर्तामोडमा युएनओ मिन्डा मोटरसाइकल व्याट्रीकोतर्फबाट ‘मेकानिक मिट’ कार्यक्रम सम्पन्न भएको छ ।
भारतीय कम्पनीको मिन्डा मोटरसाइकल व्याट्रीले नेपाली बजारमा छोटो समयमा वर्चस्व जमाउन सफल भइरहेका बेला झापाका मोटरसाइकल मेकानिकलाई लक्षित गरी उक्त कार्यक्रम गरिएको बताइएको छ । मिन्डा व्याट्रीको नेपालका लागि विक्रेता एसडीआई अटो मोवाइल्स प्रालिका मार्केटिङ डाइरेक्टर सञ्जीव सिंह हमालको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि मिन्डा व्याट्रीका नेपाल प्रमुख मुकुन्दराज कर्ण रहेका थिए । कार्यक्रममा सहभागी एक सय ५० भन्दा बढी झापाका मोटरसाइकल मेकानिकलाई कम्पनीका सर्भिसिङ इञ्जिनियर सोयल खानले प्राविधिक ज्ञान प्रदान गरेका थिए ।
कार्यक्रमको संयोजन मिन्डा व्याट्रीको मेची अञ्चलका लागि विक्रेता बिर्तामोडस्थित न्यू पाथीभरा अटो पाट्र्सले गरेको थियो । अडाई बर्ष अघि नेपाल भित्रिएको मिन्डा व्याट्री एक बर्षदेखि मेचीमा वितरण हुँदै आएको छ । कार्यक्रममा न्यू पाथीभराका सञ्चालक तथा पाट्र्स व्यवसायी संघ बिर्तामोडका अध्यक्ष शिवप्रसाद पराजुलीले स्वागत गरेका थिए । उक्त अवसरमा एक महिलासहित ८ जना पुराना मोटरसाइकल मेकानिकहरुलाई सम्मान पत्र र उपहारद्वारा सम्मान गरिएको थियो ।
सम्मानित हुनेहरुमा विष्णु शर्मा, नन्दु धिमाल, मनोज बोगटी, महेन्द्र शर्मा, धनञ्जय राजवंशी, नोभा दास, मुन्ना खान र निर्मला परियार रहेका छन् । कार्यक्रमको सञ्चालन पाथीभरा ट्रेड कन्सर्नका सञ्चालक मोहन ढकालले गरेका थिए । मिन्डा व्याट्रीको दुई बर्ष वारेन्टी रहेको तथा व्याट्रीको खराबी बारे कुनै गुनासो आए १२ घण्टाभित्र नयाँ व्याट्री प्रदान गरिने बताइएको छ । २.५देखि ९ एम्पियरसम्मको मिन्डा व्याट्री लिक्वीड र ड्राई दुबैमा रहेको बताइएको छ । एसडीआईका मार्केटिङ डाइरेक्टर हमालका अनुसार गत बर्ष नेपालमा ३६ हजार थान उक्त व्याट्री खपत भएको थियो । न्यू पाथीभरा अटो पाट्र्सका सञ्चालक शिवका अनुसार सबै खाले भारतीय कम्पनीका मोटरसाइकलमा मिन्डाको व्याट्री लाग्छ । मेचीमा उक्त व्याट्रीको माग बढ्दो रहेको उनले बताए । कार्यक्रममा शिक्षासेवी केशवप्रसाद ओझा तथा पुरुषोत्तम खतिवडा, सन्त राई, विनोद गिरी, राजकिशोर साह, राजेश साह, सन्तोष राजवंशी, दीपेश बस्नेत, धनपति सत्याल लगायत मजदुर नेताहरुको आतिथ्य थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here