नेप्से घट्यो, शेयर कारोबारमा गिरावट

0
481

बिर्तामोड, बैशाख २६ । गएको साता नेपाल स्टक एक्सचेञ्ज नेप्से ९ दशमलव २ अंकले घटेर १६५३ दशमलव १८ अंकमा झरेको छ ।
अघिल्लो साता भन्दा नेप्से करिव १७ दशमलव ४४ अंकले कम भएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ । अघिल्लो साता १६७० दशमलव ६२ अंकमा बन्द भएको थियो । नेप्से ओरालो लागेपछि लगानीकर्ताहरु ले लगानी गर्न डराएको कारण कारोवारमा पनि कमी आएको थियो ।
अघिल्लो साता हरेक दिनको कारोवार करिव १ अर्व रुपैयाँभन्दा माथिको भइरहेको बजारमा नेप्से ओरालो लाग्ने क्रम भएपछि कारोवार रकम पनि ओरालो लागेको हो । नेपाल स्टक एक्सचेञ्जका अनुसार गएको साता विहीवार मात्र ७९ करोड ५९ लाख २९ हजार ९ सय ५५ रुपैयाँको कारोवार भएको थियो । बुधवार भन्दा ९ करोड रुपैयाँ शेयर कारोवारमा कमी आएको थियो ।
अघिल्लो हप्ता ५ अर्ब ४१ करोड ३० लाख ६२ हजार रुपैयाँको कारोवार भएको थियो । शेयर बजार ओरालो लाग्नुपर्ने कारण राजनीतिक अस्थिरता र सर्वोच्च अदालतको अन्योलपूर्ण फैसला प्रमुख कारण भएको दलालहरुको भनाइ छ । यो साता ३ अर्ब २३ करोड ९२ लाख ८८ हजार रुपैयाँ मात्र कारोवार भएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ ।
यसैवीच झापामा केही हप्ता अघिमात्र दलालको कार्यालय स्थापना गरी शेयर कारोवार शुरु गरेको सुमेरु सेक्रेटेरिजका मेनेजर रोशन पौडेलका अनुसार सो सेक्रेटेरिजको कारोवारमा भने वृद्धि भएको छ । उनले भने– यो साता २ करोड ६० लाख रुपैयाँ कारोवार भएको छ । यो अघिल्लो साता भन्दा धेरै हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here