चुडाल बन्धुद्वारा ९० आमाबुबा सम्मानित

0
550

सुरुङ्गा,  । चुडाल बन्धु आमाबुबा कोष केन्द्रीय कार्यालय नेपालले मातातीर्थ औंसीको अवसर पारेर सम्मान कार्यक्रम सम्पन्न गरेको छ ।
यो कोषबाट प्राप्त व्याजले वार्षिक रुपमा मातातीर्थ औंसीको अवसरमा विभिन्न व्यक्तित्वलाई सम्मान गरिदै आएको हो । आमाबुबा कोषमा अध्यक्ष प्रेमप्रसाद चुडाल प्रकाशको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कोषका संस्थापक अध्यक्ष बेनुप्रसाद चुडालको प्रमुख आतिथ्य रहेको थियो । चुडाल बन्धुहरुको २०७४ सालको क्यालेण्डर निकाल्नका लागि सहयोग गरेको भन्दै रेखा चुडाल अधिकारीलाई र कोष वृद्धिका लागि आर्थिक सहयोग गरेको भन्दै भवानी चुडाल, गोपीकृष्ण चुडाल, तीलरुपा चुडाल, पद्मा चुडाल तिवारी, ईन्द्रप्रसाद चुडाल, राजन चुडाल, कुमारी चुडाल गरी ८ जना र ६५ वर्ष माथिका माताहरु र ७५ वर्ष माथिका पिताहरु समेत गरी जम्मा ९० जनालाई मिष्ठान्न, नगद तथा यातायात खर्च सहित सम्मान गरिएको थियो । नेपाली कांग्रेसका झापा जिल्ला पूर्व उपसभापति देउमान थेबे, कांग्रेस नेता एकराज उप्रेती, एमाले नेता हिराकुमार थापा, बालकृष्ण मैनाली, कनकाई उद्योग वाणिज्य संघका अध्यक्ष कुमारमणि पोखरेल, हरिभक्त सिटौला, नन्दमणि बिमली, नेपाली कांग्रेसका नगर सभापति नेत्रप्रसाद चिमरिया लगायतले मन्तव्य राखेका थिए ।
चुडालबन्धु कल्याण कोष केन्द्रीय समितिका महासचिव विष्णु चुडालले स्वागत गरेको कार्यक्रमको सञ्चालन संस्थाका सचिव चन्द्र चुडाल र कृष्ण चुडालले संयुक्त रुपमा गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here