क्षमता विकास तालिम

0
423

 

बिर्तामोड, वैशाख २८ । बिर्तामोड नगरपालिकाका सम्पूर्ण कर्मचारीलाई बिहीबार राजस्व सुधार कार्ययोजना सम्बन्धी क्षमता विकास तालिम प्रदान गरिएको छ । आन्तरिक आय सङ्कलनका लागि परामर्श दिइएको कार्यक्रममा नगरपालिकाका ३० जना कर्मचारी सहभागी थिए ।
तालिम प्रदान गर्नका लागि स्थानीय विकास मन्त्रालयका उपसचिब गुरुप्रसाद सुवेदी तथा परामर्शदाताहरु दाताराम गिरी र नारायण बास्कोटा आएका थिए । नगरपालिकाका कार्यकारी अधिकृत खड्गबहादुर कार्कीको अध्यक्षता तथा स्थानीय विकास मन्त्रालयका उपसचिब सुवेदीको प्रमुख आतिथ्यमा भएको कार्यक्रमको सञ्चालन बिर्तामोड नगरपालिकाका प्रशासन शाखा प्रमुख मेघराज बास्तोलाले गरेका थिए ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि सुवेदीले स्थानीय तहको निर्वाचनपछि गाउँपालिका तथा नगरपालिकाले थुप्रै अधिकार पाउने भएकाले आन्तरिक क्षेत्रको आम्दानी बढाएर स्थानीय तहले आफ्नो खुट्टामा आफैँ उभिन सक्नुपर्ने बताएका थिए ।
विगतमा रहेका २१७ वटा नगरपालिकामध्ये यो कार्यक्रमका लागि ६ वटा नगरपालिका छानिएका थिए । त्यसमा झापाबाट बिर्तामोड नगरपालिका मात्र परेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here