सडकमै फोहोर डम्पिङ

0
558

बिर्तामोड। 

पूर्वका चार जिल्लामा सर्वाधिक जनघनत्व भएको झापाको बिर्तामोडले वर्षेनि फोहोर व्यवस्थापनका लागि लाखौं रुपैयाँ खर्च गर्ने गरेको छ । तर, नगरबाट उठाइएको फोहोर डम्पिङ गर्ने सुरक्षित स्थल नहुँदा नगरपालिकाले पूर्वपश्चिम महेन्द्र राजमार्गमा फाल्दै आएको छ ।

बिर्तामोड नगरपालिकाले शहरमा संकलन भएजति सबै फोहोर सडक किनारामै थन्क्याइरहेको छ । बिर्तामोडमा दैनिक १५ मेट्रिकटन फोहोर उत्पादन हुने नगरपालिकाले जनाएको छ । तर, दिनहुँ यति ठूलो परिमाणमा उत्पादन हुने फोहोरको सुरक्षित व्यवस्थापन बारे भने नगरले चासो देखाएको छैन ।

यतिबेला बिर्तामोड नगरले राजमार्गको फुटपाथमा फोहोर फ्याँक्दै आएको छ । मुक्तिचोकबाट पूर्वपश्चिम जता लागे पनि सडकको किनारमा अहिले नगरको फोहोर थन्क्याइएको छ । कनकाई, मनमोहन र बीएण्डसी अस्पताल नजिकै रहेको सडकमा आवतजावत पनि अधिक हुन्छ । नगरले त्यही ठाउँमा फोहोर थुपारिरहेको छ । नगरले यसलाई ‘गहिरो जमिन पुर्ने’ भन्दै फोहोर थन्क्याइरहेको छ । तर, सडकमै जथाभावी फोहोर फ्याँक्दा उत्पन्न हुने दुर्गन्ध र त्यसको असरबाट पीडित हुने सर्वसाधारणको मर्काबारे नगरले केही नसोचेको स्थानीयबासी बताउँछन् ।

‘झापाकै अरू शहरमा विभिन्न संघ–संस्थाले राजमार्ग किनार सफाई गरेको समाचार सुनिएको छ’– बिर्तामोडकै एक स्थानीय भन्छन्– ‘नगरपालिकाले चाहिँ आफैं सडक किनारमा फोहोर थुपारिरहेको छ ।’

नगरपालिकाका प्रशासन फाँटका कर्मचारी मेघराज बास्तोलाले बिर्तामोड, अर्जुनधारा र कनकाई नगर मिलेर संयुक्त रूपमा ल्याण्डफिल्ड साइड बनाउने योजना बनाइरहेको बताएका छन् । यद्यपि, झापाका प्रत्येक नगरहरूले वर्षौंदेखि ‘जमिन खोजिरहेको’ तयारी जवाफ दिने गरेका छन् ।

अहिले बिर्तामोडको फोहोर पूर्वपश्चिम राजमार्गको सडक किनारमा पुरिएको छ । एसियन हाइवे निर्माणका क्रममा यसले असर गर्छ– एक स्थानीयवासी भन्छन् – फोहोरका कारणपछि एशियन हाइवे निर्माणमा समस्या आउँछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here