सोलुखुम्बु,
सोलुखुम्बुको सदरमुकाम सल्लेरीसहित आसपासको क्षेत्रमा १२ विद्युत् सेवा अवरुद्ध छ।
सल्लेरी च्याल्सा विद्युत कम्पनीको सेवा बन्द भएपछि सल्लेरीसहित आसपासको करिब एक हजार ८०० घरधुरी विद्युत् सेवाबाट बञ्चित भएका हुन्।
कम्पनीले वार्षिक मर्मत तथा सरसफाइ कार्यक्रमअन्तर्गत वैशाख २९ देखि जेठ ५ सम्म सेवा बन्द गरी काम गर्ने बताए पनि जेठ ८ सम्म पनि काम सकेको छैन। मौसम प्रतिकूल भएकाले निर्धारित समयमा काम नसकिएको कम्पनीका उपमहाप्रबन्धक रामेश्वर मास्केले बताए।
उनका अनुसार मौसम अनुकूल भए बिहिबार दिउँसोदेखि विद्युत सेवा सञ्चालनमा आउने छ। सिभिल, इलेक्ट्रोमेकानिकल साथै फुटेको पेनस्टक पाइप फेर्न काम समेत सकिएको छ।
६०० किलोवाट क्षमताको उक्त विद्युत कम्पनीले लामो समयदेखि सदरमुकाम सल्लेरीसहित गार्मा, खोरिया, फाप्लु, जुनबेंशीलगायतको क्षेत्रमा विद्युत सेवा दिँदै आएको छ।