काठमाडौं,
फिफा महिला विश्वकपमा सोमबारको खेलमा अर्जेन्टिनाले जापानलाई गोलरहित बराबरीमा रोकेको छ।
पार्स डेस प्रिन्समा भएको समुह ‘डी’ को खेलमा साविक उपविजेतासंग बराबरी खेल्दै अर्जेन्टिनाले महत्वपुर्ण १ अंक बटुल्न सफल भएको हो।
अधिकांश समय जापानले बल नियन्त्रणमा राखे पनि गोलरक्षक भेनिना कोरेरालाई बिट गराउँदै गोल गर्न सकेन। १२ वर्षपछि विश्वकपमा स्थान बनाएको अर्जेन्टिनाले पहिलो पटक अंक बटुलेको हो।
यसअघिका सन २००३ र २००७ को विश्वकपको समुह चरणको सवै खेलमा अर्जेन्टिना पराजित बनेको थियो। समान अंक रहेपनि अर्जेन्टिना दोश्रो र जापान तेश्रो स्थानमा रहेका छन। खेल अवधीभर जापानका ३ जना खेलाडीले पहेलो कार्ड पाएका थिए।