इन्द्रप्रसाद कटुवालको ‘स्मृति र अनुभूति’

३२ जेष्ठ २०७६, शनिबार मा प्रकाशित

भुवन तामाङ,

पुस्तक समिक्षा

नेपाली साहित्य भण्डारमा एक अर्को उत्कृष्ट कविता कृति थपिएको छ । यो सुकर्म कवि ‘इन्द्रप्रसाद कटुवाल’ बाट भएको हो । कटुवालको ‘स्मृति र अनुभूति’ नामक कविता सङ्ग्रह भर्खर पाठकसमक्ष आएको हो ।

पिता धनमान कटुवाल तथा माता सरस्वता कटुवालका पुत्र स्रष्टा इन्द्रप्रसाद कटुवाल सिदिङ्मा गाउँपालिका–६ साविक मेहेले गाविस–९ ताप्लेजुङ्ग हाल बिर्तामोड–४ आनन्दगञ्जटोल झापा निवासीले नेपाली र इतिहासमा बीए, शिक्षामा बीएडसम्मको शिक्षा हासिल गरेका छन् । वि.सं.२०३१ देखि ०७३ सालसम्मको अवधिमा सरकारी माध्यमिक विद्यालयमा प्राध्यानापकसम्मको जिम्मेवारीमा रही शिक्षाको उज्यालो प्रकाश छरी हाल अवकाश जीवन बिताइरहेका छन् । ज्योतिषशास्त्र समेतको ज्ञान रहेका साथै पुराण, उपनिषद् र वेदान्त दर्शन अध्ययन तथा खोजमा रुची राख्ने कटुवाल शिक्षा मन्त्रालय, विभाग तथा जिशिकाबाट पुरस्कृत, अभिनन्दित भएका छन् । उनको यसअघि ‘गुम्नै लागेका ऐश्वर्यहरु’ नामक निबन्ध संग्रह (२०७४) प्रकाशित भएको छ ।

स्रष्टा कटुवालले आप्mनी स्व. सुपुत्री सिर्जना कटुवालमा समर्पण गरेको यस नयाँ कृति कविता संग्रहमा ३७ वटा कविता समेटेका छन् । अधिकांश कविताहरु छन्दमा सिर्जना गरिएका छन् । जसमध्ये संग्रहको भाग एकमा बन्दना खण्डमा कविताहरु ‘इष्टदेव बन्दना’, ‘पृथ्वी बन्दना’, ‘राष्ट्र बन्दना’, ‘मातृ बन्दना’ र ‘कविता स्तुति’ शीर्षकका कविताहरु रहेका छन् । नीति प्रधान कविताहरुमा ‘मनको कुरा’, ‘जीवनको रहस्य’, ‘सूर्य पूर्वमा अस्ताउने भए’, ‘के छ कारण ?’, ‘अनिश्चित गन्तव्य’ र ‘मानिस भएर’ शीर्षकका कविताहरु समेटिएका छन् । ऐतिहासिक महत्वका ‘राष्ट्र निर्माता श्री ५ पृथ्वीनारायण शाहप्रति शब्द श्रद्धा’, ‘आदिकवि भानुभक्त आचार्यप्रति श्रद्धा स्मृति’, ‘युवाकवि मोतीराम भट्टप्रति श्रद्धा स्मृति’, ‘शब्द श्रद्धा कवि शिरोमणि लेखनाथप्रति’, ‘राष्ट्रकवि माधव घिमिरे’, ‘लक्ष्मीप्रसाद देवकोटाप्रति श्रद्धाञ्जलि’, ‘समको सम्झना’, ‘पारिजात पूmल कि मान्छे’ र ‘भाषा प्रेम’ शीर्षकका कविता समेटिएका छन् । प्राकृतिक महत्वका ‘ताप्लेजुङ्ग सुन्दरी’, ‘नेपालको चित्र’ र ‘देश दृष्टि’ कविताहरु रहेका छन् ।

सामाजिक महत्वका कविताहरु ‘प्रथम पाइला’, ‘विवाह र वैवाहिक स्थिति’, ‘नारी’, ‘पूmलको सन्देश’, ‘राष्ट्र कमारो भयो’, ‘शान्ती (शान्ति) गइसकिन्’, ‘मायाको महिमा’, ‘आपैmलाई नियाल्दा’ र ‘निष्कर्ष’ रहेका छन् भने गद्यमा ‘परिवर्तन’, ‘जिज्ञासा’, ‘तेरो न मेरो’, ‘भुतको सहर’ र ‘आस्था’ कविताहरु समेटिएका छन् । यसरी महत्वका दृष्टिले मेहतन गरेर खण्ड खण्डमा कविता लेखिँदा पाठक वर्गलाई कविता पढ्न सजिलो र रुचीकर हुने देखिन्छ । कविताका शीर्षकबाट थाहा हुन्छ कि कवि कटुवाल एक कविमात्र नभएर राष्ट्रका चिन्तक पनि हुन् । उनको यो कृति पहिलो काव्य कृति भए पनि काव्यक्षेत्रमा उनको गहन अध्ययन रहेको देखिन्छ । त्यसैले उनका कविताहरु परिष्कृत, गहन छन् र पाठकमा गहिरो शन्देश प्रवाह गर्न सक्षम छन् ।

यस कृतिभित्रका कविताहरुको बृहत पक्षबारे साहित्यकार कोमलप्रसाद पोखरेलको बृहत् भूमिकाले नालीबेली केलाई दिएको छ जुन अति मननीय छ । विश्लेषणसहितको भूमिकाको केही अंश यहाँ उल्लेख गरिन्छ– ‘कवि इन्द्रप्रसाद कटुवालको प्रस्तुत कृतिभित्रका अधिकांश कविता परम्परित शास्त्रीय छन्दमा रचना गरिएको हुनाले यहाँ पूर्णतः परम्पराको अनुकरण भएको छ । कवितालाई आधुनिक, उत्तर आधुनिक जे भने पनि वेद, पुराण, उपनिषद् जस्ता अति प्राचीन ग्रन्थभित्रका विम्ब, प्रतिक, नैतिक दृष्टान्त जस्ता परम्परित कुराहरु प्रयोग भएका कविता काव्य नै उत्तम कविता मानिन्छन् र यस्ता काव्यकृतिमा स्पष्टतः अनुकरणात्मक विशेषता पाउन सकिन्छ । यो कृति पनि अनुकरणात्मक विशेषताले रंगिएको कृति हो । गद्य कविता बाहेक यस कृतिका सबै कवितामा परिष्कृति र अनुकरणात्मक विशेषता रहेको पाइन्छ । बर्तमान समयमा साहित्यका अनुयायीहरु धेरै भइसकेका छन् र यस कृतिका रचनाकार कवि पनि सोही हारमा उभिन पुगेका छन् ।

अध्यात्म विधाका पारखी कटुवालका प्रायः सबै कवितालाई कतै न कतै अध्यात्मको किरणले स्पर्श गरेको अनुभव गर्न सकिन्छ । कटुवालको अधिकांश कवितामा आन्तरिक यथार्थको घुम्टी खोलिएको पाइन्छ । हार्दिक भावावेगबाट अभिव्यञ्जित कटुवालका कविताहरुको बान्की नै आन्तरिक यथार्थलाई चिनाउने कसीे हो । अधिकतम् रुपमा शास्त्रीय छन्दको प्रयोग गरेर यिनले एकातिर आपूmलाई स्वच्छन्दतावादी शास्त्रीय कविका रुपमा पनि प्रतिष्ठापित गराएका छन् भने अर्कातिर गोपालप्रसाद रिमालका अनुयायी बनेर देशभक्ति, व्यङ्ग्यविद्रोहको शङ्खघोष पनि गरेका छन् । यिनका कवितामा कतैकतै रहस्यवाद र छाँयावादको उपस्थिति पनि देख्न सकिन्छ ।

संवेदनशीलता, कल्पनाशीलता, वैयक्तिकता जस्ता प्रवृत्तिहरु पनि यिनका काव्य प्रवृत्ति हुन् । परम्पराप्रति सजग इन्द्रप्रसाद कटुवालका प्रस्तुत कृतिभित्र समेटिएका अंशतः सबै कवितामा र पूर्णतः नीति प्रधान खण्डका कविताहरुमा नैतिक आदर्शवादका साथै दार्शनिक आदर्शवादको सुन्दर उपस्थिति रहेको छ । उनका यी कविताहरु पुराण, वेद, उपनिषद्, ब्रह्मसूत्र, श्रीमद्भगवद्गीता जस्ता आदर्शवादी दर्शनबाट प्रभावित छन् । आधुनिककालीन नेपाली कविताका धरणीधर कोईराला, लेखनाथ पौड्याल, सोमनाथ सिग्द्याल, लक्ष्मीप्रसाद देवकोटा जस्ता शीर्षस्थ कविहरुका कृतिहरुमा पनि आदर्शवादी विचारधाराले केन्द्रीय भूमिका खेलेको देखिन्छ । यिनीहरुका कृति पढ्दा यिनको विचार पक्ष र दार्शनिक स्वर स्पष्ट अनुभव गर्न सकिन्छ । यसरी हेर्दा कटुवालका कवितामा पनि युग र समाजलाई दिशा निर्देश गर्ने स्वरको अनुगुञ्जन रहेको पाइन्छ ।

समग्रमा इन्द्रप्रसाद कटुवालका कृतिभित्र समेटिएका कविताहरु छन्दमा आबद्ध रहेकाले यिनीहरुमा अनुकरणात्मकता, परम्पराप्रति सजगता, सांस्कृतिक चेत, साङ्गीतिक चेत जस्ता विशेषताहरु रहेका पाइन्छन् । यिनका अतिरिक्त वैयक्तिकता, संवेदना, देशप्रेम, पर्यावरणीयता, स्वच्छन्दता, काल्पनिकता, जस्ता विशेषताहरुले कटुवालको काव्यभूमि उर्वर बनेको छ । कटुवालका कविताहरुले शास्त्रीय नियमलाई पूर्णतः पालन गरेको पाइन्छ ।’ यस भूमिकाबाट नै बुभ्mन सकिन्छ कि इन्द्रप्रसाद कटुवालका सिर्जनाहरु उत्कृष्ट रहेका छन् । उनमा अध्यात्म अध्ययन र सुझ्बुभ्m पनि गहकिलो रहेको बुझ्न सकिन्छ । त्यसैले पनि उनका काव्य रचनाहरु एउटा मानकका रुपमा स्थापित हुने स्तरका देखिन्छन् ।
‘परिवर्तन’ शीर्षकको कवितांश पढौँ, ‘वीर चक्रको उपाधि पाउने, पुर्खाहरुका ती सन्तानले आज, विदेशमा गएर भाँडा माभ्mन पर्दा यहाँ, जातीय गौरबको अवमूल्यन भएको छ ।’ यस्तै–यस्तै चिन्तनका कविताहरुले सजिएको छ उनको कृति । कटुवालका रचनाहरु सौन्दर्यपरक, कलात्मक र आत्मपरक पनि लाग्दछन् ।

संग्रहमा संग्रहित कविता रचना आप्mनो पहिलो प्रयास भएकाले छन्द सम्बन्धी केही मात्रामा ज्ञान हुँदाहुँदै पनि अभ्यासको कमीले गर्दा छन्दको रुपलाई कुरुप बनाउने हलन्तलाई पुरै निर्मूल गर्न नसकेको कमजोरी काव्यकार कटुवालले स्वीकारेता पनि उनको कविताहरुमा परिपक्वता र बौद्धिकता मुखरित भएको पाइन्छ । अर्कातिर स्रष्टा कटुवाल नेपाली साहित्य फाँटका स्थापित साहित्यकारका रचनाहरुका साथै वैदिक, सनातन तथा हिन्दू ग्रन्थहरुको समेत उत्तिकै गहन अध्येता भएको उनका रचनाहरुमा झल्कन्छन् । यो नै उनको विशेषता र सबल पक्ष रहेको देखिन्छ । त्यसैले पनि उनी जस्ता स्रष्टाका रचनाहरुले पाठकवर्गमा अबश्य पनि उत्कृष्ट जीवन सन्देश, दर्शन प्रवाह गर्न सफल हुन्छन् ।

तिलमाया कटुवालद्वारा प्रकाशित यस कृतिको मूल खण्ड अर्थात् काव्यखण्ड सकिएपछि केही स्रष्टाहरुको विचार छापिएका छन् । साहित्यकार देवी संग्रौला र कवि नुरज भट्टराई ‘नदी’का विचारहरु प्रकाशित भएका छन् । संग्रौला र भट्टराईद्वारा समेत काव्यकार कटुवालको कृति उत्कृष्ट रहेको, पूर्वीय दर्शन वेद र उपनिषद् आदिको उच्च प्रभाव, आध्यात्मिक चिन्तनको गहिरो सागर भएको विचार व्यक्त भएका छन् । कवि कटुवालका रचनाहरु झापाका स्थापित साहित्यिक स्रष्टाहरुकै रचनाहरुका हाराहारीका पाइएको भाव समेत मुक्तकण्ठले पोखिएका छन् ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here