वडा कार्यालय बन्दैं

३२ जेष्ठ २०७६, शनिबार मा प्रकाशित

शान्तिनगर ।

झापा बुद्धशान्ति गाउँपालिका सात नम्वर वडा कार्यालयको भवन बनाउने काम शुरु गरिएको छ । कार्यालय निर्माणका लागि स्थानीय जेष्ठ नागरिक उमाकान्त गड्तौलाले २ कठ्ठा र विर्तामोड नगरपालिकाका उपमेयर पवित्रा महतरा(प्रसाई)ले एक कठ्ठा जग्गा निशूल्क उपलब्ध गराएपछि सुविधा सम्पन्न चार कोठे एक तले भवन बन्ने क्रममा रहेको छ ।

वडाले जग्गा निशूल्क पाएपछि जिल्ला समन्वय समिति झापाले (६०÷४० को साझेदारीमा) आर्थिक बर्ष २०७५÷०७६ को बजेट मार्फत ३० लाख रुपैयाँ र बुद्धशान्ति गाउँपालिकाले आर्थिक बर्ष २०७५÷०७६ कै बजेट मार्फत भवन बनाउन १२ लाख रुपैयाँ र घेरावारका लागि ११ लाख रुपैयाँ उपलब्ध गराएपछि भवन बन्न शुरु गरिएको भवन निर्माण समितिका अध्यक्ष खगेन्द्र गड्तौलाले जानकारी दिए ।

उक्त सुविधा सम्पन्न वडा कार्यालय आर्थिक बर्ष २०७६÷०७७ को मंशीर सम्म निर्माण सम्पन्न गर्ने लक्ष राखिएको सात नम्वर वडाध्यक्ष मात्रिकाप्रसाद पौड्यालले बताए । मेची राजमार्ग अन्तर्गत हाल भाडामा सञ्चालनमा रहेको कार्यालयको पूर्वपट्टि बन्ने कार्यालयको भवन आधुनिक, सुविधा सम्पन्न र अपाङ्गमैत्री बन्ने वडाध्यक्ष पौड्यालले जानकारी दिए । हाल कार्यालय भवनको काम तीब्ररुपमा चलिरहेको छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here