स्वास्थ्य शिविरमा ४५ जनाले सेवा लिए

३२ जेष्ठ २०७६, शनिबार मा प्रकाशित

अर्जुनधारा।

वडामा रहेका महिलाहरुलाई लक्षित गरी अर्जुनधारा–७ वडा समितिको आयोजनामा एक दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।

स्थानीय नेपाली आमा समूहको सहकार्यमा सम्पन्न भएको शिविरमा ४५ जनाले सेवा लिएको समूहकी सदस्य कल्पना कडरीयाले जानकारी दिइन् ।

समूहकी अध्यक्ष एवम् स्वास्थ्यकर्मी राजकुमारी राई, गंगा मेचे र पुनम शेर्पाले सहभागीहरुको स्वास्थ्य परीक्षण गरेको शिविरमा १५ हजार रुपैयाँ बराबरको औषधी निःशुल्क वितरण गरिएको बताइएको छ ।

शिविरमा आङ खस्ने, महिलाको पाठेघरको मुखको क्यानसर(भीआईए) जाँच गरिएको थियो । वडाध्यक्ष नवराम ढुंगाना “नविन”ले शिविरको औचित्य माथि प्रकाश पार्दै आगामी दिनमा वडावासीको पहुँचमा स्वास्थ्य सेवा प्रभावकारीरुपमा पु¥याउन आफ्नो समिति लाग्ने बताए ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here