ठगीको नयाँ काइदा !

१ असार २०७६, आईतवार मा प्रकाशित

दमक।

इलाका प्रहरी कार्यालय दमकमा नाटकीय शैलीमा भएको ठगिधन्दाको उजुरीहरु परेको छ । तर ठगी गर्ने ब्याक्तिलाइ भने प्रहरीले पक्राउ गर्न सकेको छैन । पुर्वी नेपाललाइ ठगीस्थल बनाएरे धेरैजसो पश्चिमका मानिसहरुलाइ ठग्ने गरेको पाईएको प्रहरीको भनाइ छ ।

पछिल्लो पटक गत शनिवार मकवानपुरका एक युवा दमकमा ठगिएको पाईएको छ । इलाका प्रहरी कार्यालय दमकमा उहाँले दिएको निवेदन अनुसार गत कार्तिक महिनामा विश्वजित थापा बताउने ब्याक्तिको ‘फ्रेण्ड रिक्वेष्ट’ आयो । गफगर्दै जाँदा आफु क्यानाडामा रहेको बताएपछि गफगाफ शुरु भएको थियो ।

आफुले यहाँको पिआर पाइसकेको भन्दै आउने भए सहयोग गर्छु भनेर प्रलोभनमा पारेकाले आफुले नियमित कुरा गरेको पीडित थापाले बताउनु भएको छ । केहि रकम लिएर आउनु र केहि रकम म लगाइदिन्छु भनेकाले म दुइलाख रुपिया लिएर आएको थिए, पीडित थापाले इलाका प्रहरी कार्यालय दमकमा भने ।

उहाँलाइ झापाको काकडभिट्टा हुँदै भारतको बागडुरा एयरपोर्टबाट दिल्लि गएर क्यानाडाको भिसा लगाउने भनिएको थियो । दमकको एक सैलुनमा आफुलाइ कपाल र दाह्ी काट्न लगाएर पैसा साट्न भनेर २ लाख रुपिया लिएर नफर्केपछि बल्ल उहाँलाइ ठगिएको थाहा भयो । कपाल काटिसकेपछि फोन गर्दा फोन ‘स्विचअफ’ थियो, बारम्बार गरे फोन सम्पर्क नभएपछि ठगिएको थाहा पाए, आँशु झार्दै पीडित थापाले सुनाए ।

यसैप्रकारले यसभन्दा अघि पनि ठगिएको भन्दै अरु निवेदनहरु पनि आएको र अत्याधिक खोजीका सूचिमा राखिएका ब्याक्तिबाट नै फेरी ठगि भएको पाईएको इलाका प्रहरी कार्यालय दमकका प्रहरी निरिक्षक खगेन्द्र याक्तेनले बताए । एउटै शैली अपनाएर उस्तै तरिकाले सबैलाइ ठगि गरिएको पाईएको छ, याक्तेनले भन्नुभयो । माक्स लगाउने र अन्ुहार नचिनीने भएर आउने गरेपनि त्यस्तालाइ समेत ठगिएकाहरुले विश्वास गरेको पाँउदा उदेक लागेर आउछ, उहाँले भन्नुभयो ।

एउटालाई ठगेपछि उक्त मोवायल र फेसबुक समेत फेरी प्रयोग नगर्ने गरेको पनि अनुसन्धानबाट खुलेको छ, यक्तेनले भन्नुभयो । भारतको सिलगुढीलाइ आधार बनाएर ठगिमा संलग्न भएको हुनसक्ने प्रहरी अनुमान रहेको छ । ईलाका प्रहरी कार्यालय काकडभिट्टामा पनि उक्त ठगिमा संलग्न ब्याक्तिको बारेमा उजुरीहरु रहेको बताईएको छ ।

अत्यन्त चलाखी र स्मार्ट तरिकाले ठगि गर्ने शैली उसमा देखिन्छ, याक्तेनको भनाइ छ ।फेसबुक प्रोफाइल हेर्ने र यसलाइ ठग्न सकिन्छ भन्ने लागेपछि म्यासेन्जरमा बोल्न थाल्ने र प्रभावमा पारेपछि अनि विदेश लैजान कुरा गर्ने गरेको पनि भेटिएको छ, अनुसन्धानमा संलग्न प्रहरीको भनाइ छ । परिवारको सदस्यजस्तो भएर मनजित्ने र अन्तिममा सैलुनमा पुगेर ठग्ने उसको शैली रहेको छ, प्रहरी भन्छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here