नेपाल शान्तिपूर्ण देशको ७६ औँ स्थानमा

१ असार २०७६, आईतवार मा प्रकाशित

एजेन्सी ।

इन्स्टिच्युट फर इकोनोमिक्स एण्ड पीस’ आईईपीले विश्व शान्तिको २०१९ को वार्षिक रिपोर्ट सार्वजनिक गरेको छ ।

आईईपी एक स्वतन्त्र, गैर पक्षपातपूर्ण, गैर–लाभकारी अनुसन्धान संस्था हो जुन विश्वमा शान्ति, सकारात्मकताप्रति सबै राष्ट्रलाई केन्द्रित गराउन समर्पित रहेको छ । आईईपीको यो १३ औँ ग्लोबल पीस इन्डेक्स रिपोर्ट हो जसमा यसले १६३ स्वतन्त्र राष्ट्रहरुमा जारी घरेलु र अन्तर्राष्ट्रिय लडाईँ, समाजिक सुरक्षाको अवस्था, आतङ्कवाद् , सैनिकीकरणको स्तरलगायत २३ संकेतकहरुको आधारमा मूल्याङ्कन गरि सूचित गर्ने गरेको छ ।

यस्तोमा पाँच वर्षपछि पहिलोपटक विश्व शान्तिको स्तरमा सुधार आएको रिपोर्टले देखाएको छ । २०१९ को रिपोर्ट अनुसार ८६ देशहरुमा सुधार आएको छ भने ७६ राष्ट्रहरुको शान्ति अवस्था खस्कदै गएको पाइएको हो ।

सूचीमा आइसल्यान्ड पहिलो स्थान कायम राख्न सफल भएको छ जहाँ अपराधको स्तर अत्यन्तै कम र सुरक्षाको उच्च अवस्थामा रहेको बताइएको छ ।

रिर्पोटका अनुसार आइसल्यान्डमा प्रतिएक लाख मानिसमा वार्षिक १८ जनाको हत्या हुने गरेको छ । त्यस्तै दोस्रोमा न्युजिल्यान्ड त्यसपछि पोर्चुगल, अष्ट्रिया, डेनमार्क, क्यानडा, सिंगापूर, स्लोभेनिया, जापान र चेक रिपब्लिक शीर्ष दशमा रहेका छन् ।

स्वीट्जरल्यान्ड ११ मा छ भने दक्षिण एसियाबाट भूटान १५ र मलेशिया १६ अनि ताइवान ३६ मा, इन्डोनेशिया ४१ मा अनि दक्षिण कोरिया ५५ मा र श्रीलंका ७२ औं स्थानमा रहेका छन् ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here