रंगशालाको विकल्प बन्द !

१ असार २०७६, आईतवार मा प्रकाशित

दमक।

झापाको कमल –५ स्थित आदिवासी रंगशाला स्मृति प्रतिष्ठानले सरकार पक्षसंग भएको सहमति कार्यान्वयन नभएको भन्दै आदिवासी रंगशालाको विकल्प त्तत्काल वन्द भएको जनाएको छ ।

प्रतिष्ठानले बैठकको निर्णय सार्वजनिक गर्दे विगत केही महिनादेखि रंगशाला समिति र राज्यपक्षका प्रतिनिधिहरुबीच रंगशालाको नामको विकल्पको विषयमा छलफल भइरहेको र त्यस छलफलको भाव अनुसार राज्य गम्भीर नभएकाले विकल्प नखोज्ने निर्णयमा पुगेको जनाएका हुन् ।

शनिवार दमकमा पत्रकार सम्मेलन गरी प्रतिष्ठानका अध्यक्ष हुकुमसिंह राईले राज्य पक्ष सहमति अनुुसार थप प्रकृया बढाउन तयार नभएकाले रंगशालाको विकल्पको सवै पक्ष तत्काल बन्द गर्ने निर्णय भएको बताए । उनले विकल्पतर्फ पहिलो सर्त बमोजिम भोगाधिकार दिलाउनेतर्फ राज्यले यतिका समयमा पनि काम गर्ने मनस्थिति नगरेपछि बाध्य भएर त्यस प्रकृया स्थगित गर्नुपरेको जानकारी दिए । उनले भने –‘सर्त अनुसार राज्य जिम्मेवार नभएपछि प्रतिष्ठान समितिले रंगशालाको विकल्प खोज्ने निर्णयबाट पछि हट्न बाध्य हुनुपरेको छ ।’

रंगशाला समिति विकास विरोधी नभएको जिकीर गर्दे उनले उचित समय आए राज्य पक्षसँंग थप वार्ता,छलफल गर्न भने तयार रहेको जानकारी दिए । राज्यले भोगाधिकारको सर्तलाई चासो नदिँदा समिति शसंकीत भएको अध्यक्ष राईले गुनासो राखे ।

राज्य पक्षसंँग समितिले आदिवासी स्मृति पार्कको लागि १५ विगाह जग्गाको भोगाधिकार सहित अत्याधुनिक सुविधासम्पन्न संग्रहालय सहितको पार्क निर्माण गरिनु पर्ने र सो पूर्व उत्तर क्षेत्रमा पर्ने करिब १ सय ५० हेक्टर जग्गा धार्मिक वनको रुपमा भोगाधिकार सहित हस्तान्तरण भएमा नामको विषयमा छलफल गर्न सकिने निर्णय भएको प्रतिष्ठानका महासचिव दीपेनवाला राईले बताए ।

तर राज्य पक्षसंग भएको प्रारिम्भक सहमतिको तीन महिना बढी समय अवधिमा राज्य पक्षबाट भोगाधिकारको बारेमा सामान्य प्रक्रिया समेत अघि नबढाइएकाले निर्णय फिर्ता लिन वाध्य हुनुपरेको महासचिव राईले वताए ।

प्रतिष्ठानले आदिवासी रंगशालाको नामको विकल्पको बहसलाई अन्त्य गर्दै आदिवासी रंगशाला तथा स्मृति प्रतिष्ठानको नाममा नै बजेट बिनियोजन गरी रोकिएको विकासका कामलाई अगाडि बढाई दिन समेत संघीय सरकार, प्रदेश सरकार साथै स्थानीय सरकारलाईलाई अनुरोध गर्ने निर्णय गरिएको जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here