‘सञ्चारमाध्यम र नेपाली सेनाबीचको सम्बन्ध प्रगाढ’

0
613

तुलसीप्रसाद निरौला / बिर्तामोड।

नेपाली सेना जनसम्पर्क तथा सूचना निर्देशनालयको आयोजनामा पूर्वी पृतना हेडक्वाटर इटहरीमा जारी रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रमको समापन पूर्वी पृतना हेडक्वाटर इटहरीका निमित्त पृतनापति सहायक रथी यमप्रसाद ढकालले गरेका थिए । कार्यक्रममा नेपाली सेना सम्बन्धी समाचार सम्प्रेषण गर्दा सञ्चारकर्मीहरुमा थप स्पष्टता आउन सकोस् भन्ने उद्देश्यले तालिमको आयोजना गरेको बताउँदै सहायक रथी ढकालले यस्तो कार्यक्रमबाट सञ्चारमाध्यम र नेपाली सेनाबीचको सम्बन्ध प्रगाढ हुने बताए ।

अभिमुखीकरण कार्यक्रममा १ नं. प्रदेश अन्तर्गत विभिन्न सञ्चारमाध्यमहरुमा कार्यरत २१ जना सञ्चारकर्मीहरु र एक जना रक्षा मन्त्रालयका शाखा अधिकृतसहित २२ जनाको सहभागिता रहेको थियो । कार्यक्रममा रक्षा मन्त्रालयका सहसचिव तथा प्रवक्ता बाबुराम गौतम, युद्धकार्य निर्देशनालयका प्रमुख सेनानी अनिल उपाध्याय, पूर्वी पृतना हेडक्वाटर इटहरीका महासेनानी मदन केसी, पूर्वी तालिम शिक्षालयका शिक्षाधिकृत प्रमुख सेनानी दीर्घबहादुर चन्द, जनसम्पर्क तथा सूचना निर्देशनालयका प्रमुख सेनानी विमलराज शर्माले नेपाली सेनासँग सम्बद्ध निकायहरुले गरेको विविध कार्यबारे जानकारी दिएका थिए ।

त्यस्तै काठमाडौं तराई द्रुतमार्ग आयोजनाको कार्यालय इञ्जिनियरिङ बिभागका फिल्ड अफिसर सेनानी बिनोद श्रेष्ठ, शान्ति सेना सञ्चालन निर्देशनालयका सह निर्देशक महासेनानी टीकाराम गुरुङ, कल्याणकारी योजना निर्देशनालयका आवास तथा बिमा शाखाका प्रमुख प्रमुख सेनानी अमरसिंह थापा, सैनिक संगठन निर्देशनालय जंगी अड्डाकी सेनानी सुलोचना पौडेल, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्ष निर्देशनालयका सेनानी इन्द्र गुरुङ, विपद् व्यवस्थापन निर्देशनालयका सेनानी वीरबहादुर थापाले समेत नेपाली सेनाले सम्बद्ध निकायहरुमा गरेको योगदानको बारेमा जानकारी दिएका थिए ।

त्यस्तै मानव अधिकार निर्देशनालयका निमित्त निर्देशक प्राड महासेनानी महेन्द्रजंग शाह (पीएचडी), श्री नं. १७ बाहिनी अड्डा बाहिटी व्यारेकका प्रमुख सेनानी जयसन शम्शेर जवरा, पूर्वी पृतना प्राड विवाक कार्यालयका प्राड प्रमुख सेनानी अर्जुन थापा, सैनिक हवाई महानिर्देशनालयका इञ्जिनीयर सेनानी सुरज कोइराला, सूचना तथा प्रविधि महाशाखाका प्रमुख सेनानी सुरजकान्त पन्त, सैनिक प्रहरी गणका गणपति प्रमुख सेनानी अनिल केसीले समेत नेपाली सेनाले सम्बद्ध निकायहरुमा गरेको कार्यबारे जानकारी दिएका थिए ।

अभिमुखीकरण कार्यक्रममा सहभागी सञ्चारकर्मीहरुलाई सेनाले निर्वाह गरिरहेको विभिन्न भूमिकाहरु सम्बन्धी प्रत्यक्ष अवलोकन गराउने उद्देश्यले विभिन्न स्थानको स्थलगत अवलोकन भ्रमण समेत गराइएको थियो । जसअन्तर्गत झापाको चारआलीस्थित नयाँ श्रीनाथ गण र त्यहाँ रहेको सर्पदंश उपचार केन्द्रको स्थलगत अवलोकन गराइएको थियो ।
कार्यक्रममा नयाँ श्रीनाथ गणका गणपति मुकहाङ याक्थुङ्वाले नयाँ श्रीनाथ गणका बारेमा जानकारी गराएका थिए भने सर्पदंश उपचार केन्द्र र त्यहाँ प्रदान गरिने सेवासुविधाको बारेमा नयाँ श्रीनाथ गणका सेनानी जुद्धबहादुर निरौलाले जानकारी गराएका थिए ।

त्यस्तै सर्पदंश उपचार केन्द्र व्यवस्थापन समितिका अध्यक्ष दुर्गाप्रसाद भट्टराईले संस्थाको गतिविधिबारे जानकारी गराएको कार्यक्रममा नयाँ श्रीनाथ गणका सर्पदंश उपचार केन्द्रका प्राविधिक हुज्दार काशीराम पोखरेलले सर्पले टोकेपछि अपनाउनु पर्ने उपायका बारेमा डेमोस्टे«सन समेत प्रस्तुत गरेका थिए । अभिमुखीकरण कार्यक्रममा सहभागी सञ्चारकर्मीहरुले नेपालकै सबैभन्दा होचो स्थानको रुपमा परिचित कचनकवल र मेची पुलको स्थलगत अवलोकन गरेका थिए । उनीहरुले उक्त स्थानको विकास गर्न सबैपक्ष जुट्नुपर्ने बताएका थिए ।

त्यस्तै अभिमुखीकरण कार्यक्रममा सहभागी सञ्चारकर्मीहरुले कोशीटप्पु बन्यजन्तु आरक्ष कार्यालय पश्चिम कुशहवामा रहेको शत्रुभञ्जन गुल्मको स्थलगत अवलोकन गरेका थिए । कार्यक्रममा उनीहरुलाई शत्रुभञ्जन गुल्मका निमित्त गुल्मपति सहसेनानी नारायण आलेले कोशीटप्पु बन्यजन्तु आरक्षको बारेमा जानकारी गराएका थिए भने कोशीटप्पु बन्यजन्तु आरक्ष कार्यालयका सहायक संरक्षण अधिकृत गणेश तिवारीले कोशीटप्पु बन्यजन्तु आरक्षमा रहेका बन्यजन्तु, चराचुरुङी, बनस्पति लगायतका बारेमा जानकारी गराएका थिए । अभिमुखीकरण कार्यक्रममा सहभागी सञ्चारकर्मीहरुले कोशीटप्पु बन्यजन्तु आरक्षमा रहेका बन्यजन्तु, चराचुरुङी, बनस्पति लगायतको अवलोकन गरेका थिए ।

त्यस्तै अभिमुखीकरण कार्यक्रममा सहभागी सञ्चारकर्मीहरुले मोरङको याङसिलामा रहेको कालीशक्ति गण (इ) को स्थलगत अवलोकन गरेका थिए । कार्यक्रममा उनीहरुलाई कालीशक्ति गण (इ) बारे कालीशक्ति गण (इ)का कम्ब्याट इञ्जिनीयर्स प्रमुख सेनानी सुरज वैदवारले र त्यहाँ रहेको विविध सामग्री बारे कालीशक्ति गण (इ)का सहायक गणपति तथा कम्ब्याट इञ्जिनीयर्स सेनानी प्रकाश खड्काले जानकारी गराएका थिए । अभिमुखीकरण कार्यक्रममा सहभागी सञ्चारकर्मीहरुले याङसिलामा रहेको कालीशक्ति गण (इ) ले प्रस्तुत गरेको विविध सामाग्रीको अवलोकन गर्नुका साथै त्यहाँ गरिएको डेमोस्टे«सनको समेत अवलोकन गरेका थिए ।

पूर्वी पृतना हेडक्वाटर इटहरीमा भएको रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रमको समापनमा सहभागी सञ्चारकर्मीहरुलाई प्रमाणपत्र समेत प्रदान गरिएको थियो । कार्यक्रममा सहभागी सञ्चारकर्मीहरुको तर्फबाट एभीन्युज टिभी प्रदेश ब्युरो प्रमुख सचिन पोखरेल र नमस्ते एफएम इटहरीकी प्रमिला वान्तवा राईले मन्तव्य राखेका थिए । उनीहरुले अभिमुखीकरण कार्यक्रमले नेपाली सेना, नेपाली सेनाले देश विकासमा गरेको योगदानबारे बुझ्ने मौका पाएको बताए । कार्यक्रमको सहजीकरण पूर्वी पृतना हेडक्वाटर इटहरीका सेनानी भैरव लिम्बूले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here