आगलागीबाट लाखौँको क्षति

0
692

तुलसीपुर ।

दाङको घोराही–१ चित्रटारीमा आगलागी हुँदा लाखौँको क्षति भएको छ । गए राति १ बजेको समयमा वासुदेव घर्तीको घर र गोठमा आगलागी हुँदा घरगोठ पूर्णरूपमा जली नष्ट भएको र आगलागीबाट रु १४ लाख ४४ हजार बराबरको धनमालको क्षति भएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।

त्यस्तै दाङको बबई गाउँपालिका–३ हंसपुरस्थित सावित्रा नेपालीको फुसले छाएको गोठमा अचानक आगलागी हँुदा गोठ पूर्णरूपमा जली नष्ट भएको र उक्त गोठमा रहेका तीन बाख्रा जलेको प्रहरीले जानकारी दिएको छ ।

आगलागी बाट रु ४५ हजार बराबरको क्षति भएको छ भने आगो स्थानीयवासी र प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here