काठमाडौं।
शिक्षक अध्यापन अनुपति पत्र (लाइसेन्स)को फारम खोलेको छ । शिक्षक सेवा आयोगले सोमबार अध्यापन अनुमति पत्रको प्राथमिक, निम्न माध्यमिक, माध्यमिक तहमा फारम खुलाएको हो ।
फारम भर्न २०७६ असार २ गतेदेखि २०७६ साल असार २२ गतेसम्म मिति तोकिएको छ । दोब्बर दस्तुर तिरी असार २९ गतेसम्म फाराम भर्न सकिनेछ ।
यसैगरी प्राथमिक तहकाे लागि ५००, निम्न माध्यमिक ७०० र माध्यमिक तहका लागि १००० रूपैयाँ दस्तुर ताेकिएकाे छ ।