चारआली र धुलाबारी डेंगुको उच्च जोखिममा

३ असार २०७६, मंगलवार मा प्रकाशित

मेचीनगर।

झापाको मेचीनगरको चारआली तथा धुलाबारी डेंगुको उच्च जोखिममा रहेका छन् ।

केही दिनदेखि नगरमा डेंगु रोग नियन्त्रणका लागि लामखुट्टेको बासस्थान खोजी नष्ट गर्ने अभियानमा सक्रिय स्वास्थ्यकर्मीहरुको टोलीले यस्तो निष्कर्ष निकालेको हो ।

मेचीनगर–१३ को चारआलीमा अत्यधिकरुपमा रहेका ग्यारेज तथा टायर रिसोलिङ गर्ने ठाउँमा प्रशस्त लामखुट्टेका लार्भा फेला परेको कारण चारआली डेंगुको उच्च जोखिममा रहेको मेचीनगर नगरपालिका स्वास्थ्य शाखाले जनाएको छ । नगरमा डेंगु संक्रमित फेला परे लगत्तै मेचीनगर नगरपालिकाले डेंगु रोग नियन्त्रणका लागि लामखुट्टेको बासस्थान खोजी नष्ट गर्ने अभियानलाई शाखाले तीव्र पारेको छ भने चेतनामुलक पर्चा पम्प्लेट वितरण माइकिङ गरिरहेको छ ।

स्वास्थ्यकर्मीहरुको अध्ययनले नगरको १३ नम्बर वडाको चारआली तथा १० नम्बर वडाको धुलाबारी पशुहाट आसपाससहित यो क्षेत्र डेंगुको उच्च जोखिममा रहेको निष्कर्ष निकालेको शाखाका संह संयोजक रामनारायण यादवले बताए । शाखाका संयोजक शशीकला राईका अनुसार हालसम्म नगरमा चार जना डेंगु संक्रमित फेला परेका छन् ।

चारआलीमा मोटर ग्यारेजमा राखिएका टायर तथा टायर रिसोलिङ गर्ने ठाउँका टायरमा पानी जमेका कारण अत्यधिक मात्रामा लार्भा भेटिएका कारण यो क्षेत्र डेंगुको उच्च जोखिममा रहेको संयोजक राईले जानकारी दिइन् ।

नगरको स्वास्थ्यकर्मीहरुको टोलीले चारआलीमा रहेको ग्यारेज तथा टायर रिसोलिङ गर्ने ठाउँको अनुगमन गर्दा लामो समयदेखि टायरमा जमेको पानी नफ्याक्दा त्यहाँ लार्भा भेटिएको र नष्ट गरेको थियो ।

मेचीनगर– १ पाटापुर र १० को धुलावारीस्थित पशु बजारमा एक÷एक जना तथा मेचीनगर–९ स्थित खुट्टीडाँगी दुर्गा टोलमा आमा छोरा गरी डेंगु संक्रमितको संख्या चार जना पुगेको संयोजक राईले बताइन् ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here