जयपुरमा ग्लोबलको ‘शाखारहित बैंकिङ सेवा’

0
881

अर्जुनधारा।

स्थानीयहरुको पहुँचमा बैंकिङ सेवालाई पु¥याउने उद्धेश्यले झापाको बुद्धशान्ति–२ जयपुरमा शुक्रबारदेखि ग्लोबल आइएमई बैंक लिमिटेडद्धारा सञ्चालित ‘शाखा रहित बैंकिङ सेवा’ सुरु भएको छ ।

बैंकको बिर्तामोड शाखा प्रबन्धक पवनकुमार पौड्यालको अध्यक्षतामा आयोजित समारोहमा उक्त सेवाको प्रमुख अतिथि वडाध्यक्ष दिलीप श्रेष्ठले उद्घाटन गरेका थिए ।

व्यवसायिक प्रतिनिधि नियुक्त गरिएको स्थानीय फरवार्ड एजुकेसन फाउण्डेसनका सञ्चालक इन्द्रप्रसाद गिरीलाई बैंककोतर्फबाट शाखा प्रबन्धक पौड्याल र प्रमुख अतिथि श्रेष्ठले प्रतिनिधि नियुक्त गरिएको प्रमाण पत्र, सम्झौता पत्र र ट्याप मेसीन संयुक्तरुपमा हस्तान्तण गरेका थिए ।

दैनिक पाँच लाख रुपैयाँसम्मको आर्थिक कारोबार हुने उक्त सेवामार्फत् सेवाग्राहीले एक दिनमा एक लाख रुपैयाँसम्म जम्मा गर्न सक्ने र ५० हजार रुपैयाँ सम्म झिक्न सक्ने शाखा प्रबन्धक पौड्यालले बताए । “बैंकको अन्य सेवाको विषयमा पनि उनीहरु जानकारी लिन सक्नेछन्”–उनले भने ।

जिल्लाको चार स्थान धुलाबारी, चारआली, बिर्तामोड र दमकमा शाखा रहेको बैंकद्धारा हाल पाँच स्थानमा उक्त सेवा सञ्चालन भइरहेको छ । वडा सदस्य नेत्रप्रसाद गौतम, आदर्श माध्यमिक विद्यालयका प्रधानाध्यापक करण पराजुली, शाखा रहित बैंकिङ सेवा खुदुनावारीका व्यवसायिक प्रतिनिधि नरेन्द्र श्रेष्ठ, सञ्चारकर्मी अमित खम्बूलगायतले मन्तव्य व्यक्त गरेको कार्यक्रममा स्वागत इन्द्रप्रसाद गिरीले गरेका थिए ।

अर्जुनधारा–१०का वडा सचिव कृष्ण नेपाल, बुद्धशान्ति–१का वडा सचिव हरि प्रधान, बुद्धशान्ति उद्योग वाणिज्य संघका उपाध्यक्ष गोपी न्यौपाने, फरवार्ड युवा मञ्चका सदस्य राजकुमार सिग्देल, व्यवसायी यज्ञ न्यौपानेलगायतको आतिथ्यता रहेको कार्यक्रमको सञ्चालन हिमेश बुढाथोकीले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here