अरुणोदयमा योग सम्बन्धी सचेतनामूलक कार्यक्रम

0
584

अर्जुनधारा।

विश्व योग दिवसको सन्दर्भमा शनिश्चरे आयुर्वेद औषधालयले शुक्रबार अरुणोदय आधारभूत विद्यालयमा योग सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न गरेको छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजकुमार बराइलीको अध्यक्षतामा आयोजित कार्यक्रममा औषधालयकी वैद्य सुमन तिम्सिनाले योग र आयुर्वेदको महत्व बारे सैद्धान्तिकरुपमा जानकारी गराएकी थिइन् ।

त्यसैगरी सहभागीहरुलाई योग प्रशिक्षक केशव ताम्राकारले योगा अभ्यास गराएका कार्यक्रममा विद्यार्थी, शिक्षक र समितिका पदाधिकारी तथा सदस्यहरुसहित जम्मा १६० जनाको सहभागीता रहेको औषधालयका कार्यालय सहायक महेन्द्रप्रसाद खरेलले जानकारी दिए ।

कार्यक्रमको सञ्चालन विद्यालयका प्रधानाध्यापक श्यामकुमार थापाले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here