योगी नरहरिनाथको शालिक शिलान्यास

0
979

सुरुङ्गा ।

कनकाईधाम धार्मिक विकास संस्था कोटीहोम परिसरमा योगी नरहरिनाथको शालिकको शिलान्यास गरिएको छ ।

एक विशेष कार्यक्रमका वीच कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले वैदिक मन्त्रोच्चारणसहित शालिकको शिलान्यास गरिएको छ । सो अवसरमा मेयर पोखरेलले पूर्वीय दर्शनका असल पक्षलाई संरक्षण गर्न आवश्यक रहेकोमा जोड दिए ।

सच्चा राष्ट्रवादी गुरु नरहरिनाथको शालिक निर्माणमा नगरपालिकाले खुला हृदयका साथ सहयोग गर्ने वचन दिए । देशभरि १ हजार ८ कोटीहवन सम्पन्न गर्ने महत्वाकांक्षी अभियानमा जुट्ने क्रममा झापाको कनकाई नदीको पूर्वी किनारलाई विशिष्ट विभूति योगीराज नरहरिनाथले छाने र २०४२ साल पुष १ देखि २७ गतेसम्म कनकाईधाम क्षेत्रमा महान अनुष्ठानको रुपमा बृहद् कोटीहोम महायज्ञको आयोजना गरियो । सो महायज्ञमा ५ लाख भन्दा बढी भक्तजनहरु सहभागी भएका थिए ।

त्यसबेलादेखि मात्र यस क्षेत्रको नाम कोटीहोम रहन गएको देखिन्छ । नाथ सम्प्रदायमा दीक्षित भएका सत्याग्रहित अभिव्यक्ति र हक्की स्वभावका योगी नरहरिनाथ नेपाली राष्ट्रियता र संस्कृतिका धरोहर थिए । सादा जीवन र उच्च विचारका धनी योगी देशप्रेम, समाजसेवा र अध्यात्मलाई समायोजन गरी जीवनका भौतिक सुखसुविधाबाट अलग रहेर सेवा, धर्म र त्यागका अनुपम दृष्टान्त र कृतिमान सिर्जना गर्दै निरन्तर कर्म क्षेत्रमा जुटिरहने महान तपस्वी थिए ।

लगभग २० लाख रुपैयाँको अनुमानित लागत लाग्ने उक्त शालिक सुन्दर बगैंचाका वीच पानीको फोहरासहित कमलको फूलमाथि गोगीको ९ फिट अग्लो शालिक बनाइने छ । उद्यानसहितको उक्त शालिक निर्माणका लागि कनकाई नगरपालिकाले आथिर्क वर्ष २०७५÷०७६ बाट ८ लाख रुपैयाँ विनियोजन गरिएको छ ।

४० फिट लम्बाइ र ४० फिट चौडा क्षेत्रभित्रको बगैंचावीच स्थापना गरिने ५ लाख रुपैयाँभन्दा बढी लागतको शालिक ईश्वसकृष्ण महाराजजीले बनाइदिने बताइएको छ । विभिन्न दाताको सहयोग र अपुग रकम पुनः कनकाई नगरपालिकासँग आर्थिक वर्ष २०७६÷०७७ बाट माग गरिने कनकाईधाम धार्मिक विकास संस्था कोटीहोमका पर्यटन उपाध्यक्ष एवम् शालिक निर्माण समितिका संयोजक दीननाथ खतिवडाले जानकारी दिए ।

समाजवादी पार्टी नेपालका नगर अध्यक्ष रत्नकुमार श्रेष्ठ, धार्मिक व्यक्तित्व देवेन्द्र मिश्र लगायतको आतिथ्य रहेको शिलान्यास कार्यक्रममा कनकाई नगरपालिकाकी उपप्रमुख मञ्जु प्रसाईं, राष्ट्रिय प्रजातन्त्र पार्टी नगर अध्यक्ष ज्योतिकुमार उप्रेती, वार्ड नं. ३ का वार्ड अध्यक्ष रुद्रप्रसाद चिमरिया, वार्ड नं. ४ का वार्ड अध्यक्ष गोविन्दप्रसाद पौडेल लगायतले मन्तव्य राखेका थिए । कनकाईधाम धार्मिक विकास संस्थाका अध्यक्ष नबलकिशोर दत्तको सभापतित्वमा भएको कार्यक्रम महासचिव डिल्लीराम बाराकोटीले सञ्चालन गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here