उदयपुर,
माछा मार्ने क्रममा बेपता भएका उदयपुरको लिम्चुङबुङ गाउँपालिका उदयपुरका २ विद्यार्थीको कुशकाे शव बनाएर अन्त्येष्टि गरिएको छ ।
गएकाे बुधवार लिम्चुङबुङ गाउँपालिका-१, बाँसबोटेमा रहेकाे बुत्कु माध्यमिक विद्यायलका विद्यार्थी १६ वर्षीय आशन भनिने (देव कुमार राई) र १३ वर्षीय प्रविन राई माछा मार्ने क्रममा ज्यामिरे दोभानमा पुगेपछि सुनकोशी नदीमा डुबेर वेपत्ता भएका थिए ।
शव फेला नपरेपछि आफन्तले कुशको शवको प्रतिमा बनाएर अन्तिम संस्कार गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरका एसपी बीर बहादुर बुढामगरले बताउनुभयो । उहाँका अनुसार तीन दिनसम्म पनि लाश फेला नपर्दा शनिबार कुशको प्रतिमा बनाएर अन्तिम संस्कार गरिएको हाे ।
अन्तिम संस्कार गरे पनि प्रहरीले स्थानीयको सहयोगमा शवकाे खोजी रहेको बताइएकाे छ । बेपत्ताको खोजीका लागि ज्यामिरे दोभानदेखि सुनसरीको चतरासम्मका उदयपुरसहित छिमेकी जिल्ला खोटाङ, भोजपुर र सुनसरीका मताहतका प्रहरी इकाइहरु पनि परिचालन गरिएका छन्। आसन भनिने (देवकुमार) एसईई दिएर बसेका विद्यार्थी हुन् भने प्रविन कक्षा ९ मा अध्ययनरत विद्यार्थी हुन् ।