मैनाली समाज झापाको पालिकामा समिति

१७ असार २०७६, मंगलवार मा प्रकाशित

सुरुङ्गा।

मैनाली समाज नेपाल अन्तर्गत झापा जिल्ला समिति मातहत जिल्लाका सबै पालिकामा समितिहरु गठन गरिएका छन् ।

यस क्रममा पछिल्लोे समय बिर्तामोड, शिवसताक्षी र मेचीनगर समितिहरु गठन गरिएका हुन् । महेन्द्रद्वार सहकारी संस्था काँकरभिट्टाको सभाहलमा भएको मेचीनगरका मैनाली बन्धुको भेलाले सौरभ मैनालीको अध्यक्षतामा १३ सदस्यीय नगर समिति गठन गरेको छ ।

समितिको उपाध्यक्षहरुमा हरि मैनाली र राजन मैनाली, सचिवमा भोला मैनाली, सहसचिवमा देवीप्रसाद मैनाली र कोषाध्यक्षमा सुजना मैनाली चयन भएका छन् । त्यसैगरी, सदस्यहरुमा सावित्रा मैनाली, पुनम मैनाली, नरप्रसाद मैनाली (नरेश), खेमप्रसाद मैनाली, चन्द्रप्रकाश मैनाली, केशवकुमार मैनाली रहेका छन् ।

सो कार्यक्रममा झापा क्षेत्र नं. १ का प्रदेश सभा सदस्य श्रीप्रसाद मैनालीले पाँच वर्षभित्रमा दुई लाख ५० हजार, गणेशप्रसाद मैनालीले एक लाख, यज्ञ मैनालीले ५० हजार, सौरभ मैनालीले ५० हजार र अन्य १० जनाबाट जनही २५ हजार रुपैयाँ मैनाली अक्षयकोषमा प्रदान गर्ने प्रतिबद्धता जनाएका छन् ।

त्यसैगरी उद्योग वाणिज्य संघ शिवगञ्जको सभाहलमा शिवसताक्षी नगरका मैनाली बन्धुको भेलाले श्रीप्रसाद मैनालीको अध्यक्षतामा १३ सदस्यीय नगर समिति गठन गरिएको छ । समितिको उपाध्यक्षहरुमा निलचन्द्र मैनाली र टंक मैनाली, सचिवमा नवीन मैनाली, सहसचिवमा लक्ष्मीप्रसाद मैनाली र कोषाध्यषमा लीलामाया मैनाली चयन भएका छन् ।
त्यस्तै सदस्यहरुमा मेनुका मैनाली, हरिप्रसाद मैनाली (गोपाल), वेदप्रसाद मैनाली, मदन मैनाली, तेजप्रसाद मैनाली, अम्बिका मैनाली र शिवलाल मैनाली रहेका छन् । सो कार्यक्रममा मैनाली अक्षयकोषमा पाँच वर्षभित्रमा श्रीप्रसाद मैनालीबाट ५० हजार, रामप्रसाद मैनालीबाट २५ हजार र अन्य १० बाट २५ हजार रुपैयाँ प्रदान गर्ने घोषणा गरिएको थियो ।
त्यसैगरी, होटल ग्राण्ड प्यासिफिक विर्तामोडको सभाहलमा सम्पन्न मैनाली बन्धुको भेलाले १७ सदस्यीय बिर्तामोड नगर समिति गठन गरेको छ ।

समितिको अध्यक्षमा छविलाल मैनाली, उपाध्यक्षहरुमा कविता मैनाली र रुद्रप्रसाद मैनाली, सचिवमा रामचन्द्र मैनाली, सहसचिवमा गंगाप्रसाद मैनाली र कोषाध्यक्षमा भगवती मैनाली रहेका छन् । समितिको सदस्यहरुमा भक्तिप्रसाद मैनाली, टंकप्रसाद मैनाली, खगेन्द्र मैनाली, दुर्गाप्रसाद मैनाली, दीपक मैनाली, विष्णुप्रसाद मैनाली, गणेश मैनाली र हरिप्रसाद मैनाली रहेका छन् । तीन सदस्यहरु पछि थप गर्ने बताइएको छ ।

कार्यक्रममा अक्षयकोषका लागि पाँच वर्षभित्रमा केन्द्रीय उपाध्यक्ष मीनप्रकाश मैनालीले पाँच लाख र अन्य बन्धुहरुले २५ हजारदेखि ५० हजार रुपैयाँसम्म प्रदान गर्ने प्रतिबद्धता जनाएका थिए । मैनाली समाज स्थापनादेखि हालसम्म सहयोग गर्ने सम्पूर्ण दाताको नाम शिलालेखमा लेख्ने समाजका केन्द्रीय सचिव तथा झापा अध्यक्ष डिल्लीराम मैनालीले जानकारी दिए ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here