यो कस्तो…

0
520

भुवन तामाङ,
संसारभरिका महादेश, देश तथा स्थान विशेषका मानव सभ्यताका आ–आप्mनै चलन र विश्वास हुन्छन् । तिनै चलन र विश्वास अनुसार नै मानिसहरु आ–आप्mना व्यवहार प्रदर्शन गर्दछन् । समाजका सजिला र अप्ठ्यारा पक्षहरु तिनै विश्वासका कारण अडिने र परिवर्तन हुँदै जाने हुन्छन् । कुनै देश कति अगाडि बढ्छ त्यो कुरा उसले अँगालेको विश्वासहरुमा भर पर्दछ । कतिपय विश्वासहरु सजिलै परिवर्तन हुन्छन् त कतिपय युगौँसम्म ज्यूँका त्यूँ रहिरहन्छन् । त्यस्तै प्रसंगबारेको एउटा कथा छ यहाँ ।

कथा पुरानो होइन । नयाँ नै हो । नयाँ नै भए पनि मनमा ज्यादै घत् पर्दो छ । अचम्म पनि लाग्दो छ । केही हप्ताअघिको कुरा हो । प्रात यात्रा (मर्निङ्गवाक)को क्रममा यो पंक्तिकार सधैँ भैmं झिसमिसेमै निस्कियो । आजभोलिको जटिल जीवनशैली, आहार व्यवहार र जनसंख्या आकारलाई ख्याल गर्ने हो भने धेरै कम मानिसहरु प्रात यात्रामा निस्कन्छन् भन्न सकिन्छ । जति पनि प्रात यात्रामा निस्कन्छन् उनीहरुको स्वास्थ्य अवश्य नै राम्रो हुने आशा गर्न सकिन्छ ।

प्रात यात्रामा निस्कनेहरु कतिपय एक्लै चुपचाप हिँड्ने, कुद्ने गर्दछन् । कतिपय हेडफोन कानमा घुसारेर मोबाइलबाट गीत या समाचार सुन्दै हिँड्छन् । कतिपय एकअर्का गफिँदै हिँड्छन् । कतिपय झिसमिसेमै ठट्याउलिँदै, हाँस्दै र हँसाउँदै हिँडिरहेका हुन्छन् । कतिपय इत्रिँदै पनि हिँडेका भेटिन्छन् । कतिपयको त डेटिङ्ग नै यही समय हुन्छन् क्यार । कतिपय व्यापार व्यावसायको कुरा गर्दै हिँडिरहेका भेटिन्छन् । कतिपय राजनीतिक गफ हाँकिरहेका हुन्छन् । कतिपयले विभिन्न योजना यही प्रात यात्रामा नै बनाउँछन् । कोही विन्दास या निस्फिक्री तालले हिँडिरहेका भेटिन्छन् । प्रात यात्राको सुन्दर पक्ष सायद यही हो । यसलाई समय र स्वतन्त्रताको सदुपयोग पनि भन्न सकिन्छ ।

प्रात यात्राको मेसोमा ज्येष्ठहरु पनि कछुवाताल हिँडाइमै भएपनि दीर्घजीवी हुने, पुराना बिमारी निको हुने कल्पना गर्दै बाटामा हिँडिरहेका भेटिन्छन् । अरु उमेर समूहका भन्दा ज्येष्ठहरु बढी नै गफिन मन पराउँछन् । ज्येष्ठहरुको कुराकानी, उद्गारहरु निकै घत् लाग्दा हुन्छन् । एक बिहान यो पंक्तिकार प्रात यात्रा हिँडिरहेको थियो । अगाडि अगाडि ज्येष्ठ (महिला)हरु गफिँदै जाँदै थिए । कुनै एक ज्येष्ठबाट यस्तो उद्गार व्यक्त भयो– ‘आजभोलि त पारिजात पूmल पनि झर्न छाड्यो ।’

अर्का ज्येष्ठबाट आश्चर्य व्यक्त भयो– ‘त्यै त हो कि किन नझरेको होला राति पारीजात पूmल ?’ अर्का ज्येष्ठबाट व्यक्त भयो– ‘हो त नि हाम्रा घरका आगनभरि राती झरेका पारिजातको पूmलैपूmल हुन्थे छपक्कै, आजभोलि त झर्दैनन्, किन होला नी ?’ कोही ज्येष्ठबाट विश्वासका साथ जवाफ व्यक्त भयो– ‘मान्छेहरु पापी भएकाले नि, आजभोलि पापैपाप बढेको छ, त्यै भएर पारिजात झर्न छाडेको ।’ अर्का ज्येष्ठबाट यस्तो विश्वास व्यक्त भयो– ‘कलियुगमा यस्तै हुन्छ ।’ सबै ज्येष्ठहरुबाट एकै स्वरमा व्यक्त भयो, ‘हो हो आजभोलि पाप बढेको बढ्यै छ, पापीहरु बढेका बढ्यै छन् । त्यहीँ भएर पारिजात झर्न छाडेको ।’

ज्येष्ठहरुको गुनगुन र गन्थन निरन्तर सुनिँदै थियो । तर, पंक्तिकार निकै अघि पुगिसकेकाले गुनगुन सुनिन छाड्यो । ज्येष्ठहरुबाट व्यक्त भएका त्यस्ता विश्वास युगौँदेखि चलिआएका हुन् र पुस्ता–पुस्तामा सर्दै आएका हुन् । कतिपय विश्वासहरु पुस्तान्तरणसँगै खिइँदै अर्थात् सुधार हुँदै आएका हुन्छन् । विज्ञानले प्रमाणित गरी दिएका कारण कतिपय विश्वास या अन्धविश्वासहरु टिक्न सक्दैनन् । तर, कतिपय विश्वासहरु विज्ञानले होइन भनेर प्रमाणित गरी दिइसके पनि अन्धविश्वासको रुपमा जनमानसमा अझ अमीट छाप बनेर रहिरहन्छन् । सायद ज्येष्ठहरुको त्यो विश्वास पनि त्यहीखालको हुनुपर्छ ।

पारीजात पूmल पूmल्न कम हुँदै जानु र रातमा भुँइभरि झर्न छाड्नुको कारण वैज्ञानिक हुनसक्छ । ज्येष्ठहरुले त्यो कुरा ठम्याए ठम्याएनन् ज्येष्ठहरु नै जानुन् । जलवायु, वातावरण, पर्यावरण, जमिन, पानी प्रदुषणका कारण पारीजात पूmलमा परिवर्तन आएको हुन सक्नेतर्पm ज्येष्ठहरु सचेत हुन नसक्नु चाहिँ सोचनीय विषय हो । ज्येष्ठहरु धेरै कुरालाई प्रायशः धर्म, पाप आदिसँग रिलेट गर्दछन् । यस्तो कसरी हुन जान्छ ? हाम्रा ज्येष्ठहरु कुन शिक्षा या दर्शनबाट प्रभावित हुँदै आएका हुन्छन् ? यस्तै विश्वासबाट बाहिर निस्कन नसकेपछि हाम्रो समाज, परम्परा र विकास प्रक्रियाहरु प्रभावित हुँदै आएका छन् ।

अब ज्येष्ठहरुबाट पछिल्ला पुस्तालाई त्यस्तै सन्देश र ज्ञान हस्तान्तरण हुनेछ भन्ने आंकलन यसै पनि गर्न सकिन्छ । ज्येष्ठहरुलाई अनादर गर्न खोजिएको पटक्कै होइन, तर ज्येष्ठ उमेरमा पुग्दासम्म पनि मनमा उही अन्धविश्वासले घर गरिरहने यथार्थता, सत्यता, सिकाई, ज्ञान, शिक्षा र दर्शन निकै भयंकर लाग्दछ । हाम्रो जस्तो केही गरी विकसित हुन नसकेको गरीब मुलुक यस्तो अन्धविश्वासबाट कहिले छ्याङ्ग हुने हो र विकासको सङ्लो मार्गमा हिँडेको भेटिने हो ?

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here