पोखरीमा डुबेर दुई दिदीबहिनीको मृत्यु, गाँजासहित एक भारतीय पक्राउ

0
631

लहान,

सिरहाको लक्ष्मीपुर गाउँपालिका–४ स्थित पोखरीमा डुबेर दुई दिदीबहिनीको मृत्यु भएको छ ।

वडा नं ४ स्थित साझा पोखरीमा डुबेर स्थानीय नथु कुमार यादवका छ वर्षीया छोरी लक्ष्मीकुमारी यादव र चार वर्षीया आशुकाकुमारी यादवको मृत्यु भएको प्रहरीले जनाएको छ ।

खेल्ने क्रममा शुक्रबार साँझ पोखरीमा डुबेर दुबै दिदीबहिनीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक अपिलराज बोहराले जानकारी दिनुभयो ।

गाँजासहित एक भारतीय पक्राउ

प्रहरीले लागुऔषध गाँजासहित सिरहा नगरपालिका–१७ बाट एक भारतीय युवकलाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय माड्रबाट खटिएको प्रहरी टोलीले नेपालबाट भारततर्फ जाँदै गरेको मोटरसाइकल जाँच गर्दा लागुऔषध गाँजासहित भारतको मधुबनी बस्ने २८ वर्षीय शत्रुधनकुमार सिंहलाई पक्राउ गरेको हो ।

पक्राउ परेका सिंहको साथबाट अन्दाजी पाँच किलो ४५० ग्राम लागुऔषध गाँजा बरामद् भएको प्रहरी नायब उपरीक्षक बोहराले जानकारी दिनुभयो ।

उजूरी बढे
गोलबजार नगरपालिकाको न्यायिक समितिमा जग्गा विवाद सम्बन्धी उजूरी बढी दर्ता भएका छन् । न्यायिक समिति गठन भएयता १३५ उजूरी दर्ता भएकामा जग्गा विवादका सबै भन्दा बढी उजूरी परेका छन् ।

अधिकांश उजूरी जग्गाको सिमाना, एक जनाको हकको जग्गा अरुबाट भोगचलन गरेको, एउटाको जग्गा अर्काले मिचेको जस्ता उजूरी नगरपालिकाको न्यायिक समितिमा बढी आउने गरेको नगरपालिकाका कानूनी सल्लाहकार चेतबहादुर थापाले जानकारी दिनुभयो ।

आर्थिक वर्ष ०७५÷०७६ को हालसम्म दत्र्ता भएका १३५ उजूरीमध्ये ४५ मुद्दा मेलमिलापका माध्यमबाट समाधान गरिएको र २८ मुद्दामा मिलापत्रको पहल भइरहेको तथा ५० मुद्दा माथिल्लो निकायमा कारवाही प्रक्रियामा जान पठाइएको कानूनी सल्लाहकार थापाले बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here