हरियाली वातावरणः गुणस्तरीय शिक्षाको प्रमुख पाटो

0
889

पूर्णबहादुर कटुवाल,

शैक्षिक गुणस्तर सुधारको क्षेत्रमा धेरै काम भएकाा छन् । व्यवहारिक रुपमा कति काम भएका वा भएनन् तर राज्य संयन्त्रको तथ्यांकले यही कुरा पुष्टि गरिरहेको छ । शैक्षिक क्रियाकलाप र यसको उन्नयनमा शैक्षणिक गतिविधिमा विद्यालय हाताभित्रका शैक्षिक र भौतिक सुधारमा धेरै काम गरिएका पनि छन् ।

हामीले प्रत्यक्ष रुपमा गर्दै आएको कामहरुमा तालिम प्राप्त शिक्षकको व्यवस्थापनको कुरा पनि उठान गर्दै आयौं । राज्यले पनि त्यही दोहो¥यायो । तमर योग्य शिक्षक कक्षा कोठामा पसेर कति गुणस्तरीय र प्रतिष्पर्धी ज्ञान दियो दिएन हामीले महशुस गरेकै कुरा हो ।

विद्यार्थीको सिकाई क्षमता वृद्धि गर्न गरिने सबै उपायहरु कति क्रियाशील भए वा भएनन् सम्बन्धित सरोकारवालाले विश्लेषण गर्ने कुरा हो । त्यस्तै भौतिक व्यवस्थापन र पूर्वाधार विकासमा विषयमा पनि धेरै थोरै काम अघि बढेको कुरालाई नकार्न सकिँदैन । शिक्षालाई आधुनिकीकरण गर्ने सुविधासम्पन्न र प्रविधियुक्त शिक्षण सिकाईका लागि पनि राज्यको संवेदनशीलतालाई नकार्न सकिँदैन । समग्ररुपमा शैक्षिक गुणस्तर सुधारका लागि भएका व्यवस्थापकीय क्रियाकलापदेखि शैक्षिक र भौतिक क्रियाकलाप सकारात्मक देखिँदै आएका छन् ।

तर, शैक्षिक गुणस्तको अर्को मुख्य पाटो विद्यालय हाताभित्र हरियाली वातावरणको भूमिका कति रहन्छ भन्ने कुरालाई व्यवस्थापकीय पक्षले सोच्न सकेको देखिँदैन । बालबालिकामा सिक्ने क्षमता अभिवृद्धि गर्दै भविष्यमा वातावरण संरक्षणमा उनीहरुको भूमिकालाई कसरी सक्षम बनाउने भन्ने कुरा वातावण संरक्षणप्रति सम्बन्धित पक्षके पहिलो नजर जानु अपरिहार्य छ । सिक्ने कलामात्र सिकाउन राम्रोभन्दा पनि व्यवहारिक विधिबाट विद्यार्थीलाई विद्यालयलको वातावरण हरियाली हराभरा बनाउने ज्ञान दिएमात्र भावी दीनमा वातावरण र पर्यावरण सन्तुलनमा योगदान पुग्न सक्छ ।

विकास निरन्तर चलिरहने गतिशील र सकारात्मक परिवर्तन हो । समाज परिवर्तनका लागि विकास अपरिहार्य छ । अहिले विज्ञान र प्रविधिसँगै विकास अघि बढिरहेको छ । यसका साथै दिगो विकासको अवाधारण समेत ताजा बहसको विषय बनेको छ । पर्यावरण संरक्षण सहितको दिगो विकासको चुनौति हामीबीच तेर्सिएको छ । दीर्घकालीन योजना बिना अघि बढाइएका विकास प्रक्रियाले जलवायु परिवर्तनको असर प्रतक्ष र परोक्षरुपमा पर्न थालिसकेको छ । त्यसैले दीगो विकासका लागि शैक्षिक क्षेत्रबाट नै परिवर्तन आवश्यक भएको महशुस गर्न थालिएको छ ।

विद्यालय नै त्यो थलो हो जहाँबाट भावी पुस्तालाई पृथ्वीको भविष्य जोगाउँदै दीगो विकासको पाठ पढाउन आवश्यक छ । यसको लागि प्रत्येक बालबालिकालाई उनीहरुका घरदेखि विद्यालयसम्म, गाउँदेखि शहरसम्म हरियाली वातावरण, सफा, शान्त र सुरक्षित वातावरणको पाठ पढाउनुपर्ने अभियानको थालनी समेत भएको छ ।

‘दीगो विकासको लागि शिक्षा’ भन्ने विगतमा आएको विश्वव्यापी अभियानलाई स्थानीय तहले समेत प्राथमिकतामा राखेर विविध शैक्षिक गतिविधिलाई अघि बढाउनु अपरिहार्य भइसकेको छ । हुन त अहिलेसम्म स्थानीय सरकारको यसतर्फ ध्यान गएको पाइँदैन । यद्यपि शैक्षिक गुणस्तर अभिवृद्धिका लागि हामीले गरिरहेका सम्पूर्ण प्रयासहरु उपलब्धिमूलक छन् भनेर र गरेर देखाउन पनि यसतर्फ ध्यान जान जरुरी छ । हाम्रा शैक्षिक संस्थाहरुलाई न्चभभल, ऋभिबल, उभबअभ बलम क्बाभ बनाउने अभियानले शिक्षा र जलवायु परिवर्तनको सम्बन्धलाई विस्तार गर्दछ । यो सम्बन्धको जानकारी प्रत्येक घर, टोल, बस्ती र शैक्षिक संस्थामा पुर्याउनु स्थानीय सरोकारवाल नै जुट्नुपर्छ । उत्कृष्ट शैक्षिक उपलब्धि प्राप्त गर्न विद्यालयको वातावरण राम्रो हुनुपर्छ । विद्यालय वातावरणलाई बाल मस्तिष्कमा दीर्घकालीन प्रभाव पार्न सक्ने भए मात्र आगामी दिनको पुस्ता सक्षम हुने निश्चित छ ।

हरियाली, सफा शान्त र सुरक्षीत वातावरणभित्रको शैक्षिक गतिविधिले मात्र शैक्षिक उपलब्धि समेत सकारात्मक हुन्छ । यो शिक्षा दीगो विकासका लागि हुन्छ । यो शिक्षा नै जलवायु परिवर्तन र यसका असर अनि यसको संरक्षण र दिगो विकाससँग जोडिएको हुन्छ । विद्यालयमा दिइने शिक्षाले स्थानीय तहमा चेतना, सन्देश र जागरण ल्याउन सक्छ भन्ने मान्यताका आधारमा हामीले काम अघि बढाउन सकेमात्र हाम्रो गुणस्तरीय शिक्षा प्रदान गर्ने लक्ष्य पूरा हुन सक्छ ।
बालमैत्री शिक्षण सिकाइ सम्बन्धी क्षमता विकास, विद्यालयहरुमा बालमैत्री शिक्षण सिकाई वातावरण निर्माणमा सहयोग, दिगो विकासका लागि शिक्षा तथा जलवायु परिवर्तनका असर सम्बन्धमा शिक्षक, विद्यार्थी, अभिभावक र स्थानीय समुदायलाई सचेत गराउने कार्यक्रम ल्याइनुपर्छ । स्थानीय सरकारले शिक्षा विज्ञान संस्कृति, मानव तथा समाज विज्ञान, सूचना एवम् सञ्चार र अन्तर्राष्ट्रिय जलवायु विज्ञान कार्यक्रम अन्तर्गतका महत्वपूर्ण पक्ष एवम् समसामयिक विषयहरुमा सरकारी ध्यान जान जरुरी छ ।

शैक्षिक क्षेत्रमा सर्वपक्षीय सहभागिताको सुनिश्चितता गराई ‘सबैको लागि शिक्षा’को सान्दर्भिकता पुष्टि गर्ने गराउने, गरिबी निवारण, दिगो विकास र ज्ञानमा आधारित समाज विकासका लागि विज्ञान तथा प्रविधिमा आधारित गुणस्तरीय शिक्षाको प्रर्वद्धन गर्न अन्तर्राष्ट्रिय सहयोग र अवसरको पहिचान र परिचालन गर्ने, गुणस्तर, समता र समानतामा आधारित कार्यक्रमहरुमा पहुँच बृृद्धि गराई सीमान्तकृत समुदायको चेतना र स्तरलाई उकास्ने, दिगो विकासको लागि शिक्षाका मूल्य, मान्यता र अवधारणहरुलाई प्रचार–प्रसार र क्षमता विस्तारका माध्यमबाट मूलप्रवाहीकरण गर्ने, विद्यालयहरुको क्षमता विकास र परिचालनबाट हरित विद्यालय, हरित समुदाय, वातावरण शिक्षा, गुणस्तरीय सान्दर्भिक शिक्षाको प्रबद्र्धन गर्ने, औपचारिक तथा अनौपचारिक शिक्षाका पाठ्यक्रहरुलाई परिमार्जन गरी शान्ति र नैतिक शिक्षामा जोड दिने, व्यावसायिक तथा प्राविधिक शिक्षाको प्रचार–प्रसार र पृष्ठपोषण गरी सीप र रोजगारीका लागि शिक्षाको प्रबद्र्धन गर्ने, अनुसन्धान मार्फत नवीन ज्ञानको खोजीको निरन्तरता र उच्च शिक्षा प्रबद्र्धनमा सहयोग पुर्याउने कार्यक्रमलाई राज्यले नीति मात्र होइन व्यवहारिक रुपमा अघि बढाउन सके अपेक्षाकृत शैक्षिक सुधार आउन सक्छ ।

विज्ञानको क्षेत्रमा दिगो विकास, पर्यावरण संरक्षण सम्बन्धी सन्देशमूलक कार्यक्रम सञ्चालन गर्ने र बहुआयामिक र एकीकृत विकास प्रणालीको प्रबद्र्धनका लागि सम्बद्ध पक्षहरुलाई सशक्तीकरण गर्ने, हिमश्रृंखला, नदीवेंशी, स्वच्छ पानी र सिमसारको संरक्षण सम्बन्धी कार्य गर्ने, विज्ञान शिक्षालाई दिगो विकाससँग जोड्दै यसका विविध पक्षहरुमा पुनर्वलन गर्ने, प्रकोपको पूर्व तयारी र प्रकोप न्यूनीकरण सम्बन्धी सतेतना विस्तार गर्ने, वैज्ञानिक सूचना प्रणालीको प्रचार–प्रसार र क्षमता विकास गर्ने लगायतका कार्यका राज्यले तदारुकता देखाउन आपरिहार्य छ ।

त्यस्तै संस्कृतिमा आधारित विकास, मूर्त तथ अमूर्त सांस्कृतिक र प्राकृतिक सम्पदाको अध्ययन, अनुसन्धान र विकास, सांस्कृतिक विविधताका बीच एकताको विकास र अन्तर सांस्कृतिक समझदारीको प्रवद्र्धन गर्ने र मानव तथा समाज विज्ञानको क्षेत्रमा सभ्यताहरु र संस्कृतिहरुकाबीच संवाद गरी गराई सामाजिक समावेशीकरण र सामाजिक रुपान्तरणलाई सहयोग गर्ने, युवा विकास र परिचालन, विज्ञान र प्रविधि सम्बन्धी प्रयोगमा नैतिक मूल्यको प्रत्याभूति, ज्ञान सञ्जालको विस्तार र अनुसन्धानको साथै मानव अधिकारको प्रवद्र्धन गर्ने पक्षमा समेत राज्यले शैक्षिक नीतिको मूलमन्त्र बनाएर अघि बढ्नुपर्ने आवश्यकता टड्कारो देखिन्छ ।

जल्दाबल्दा समस्या र प्राथमिकताका क्षेत्रलाई कार्यान्वयन, अनुगमन र विद्यालयलाई समेत सहभागिता गराउँदै जाने हो भने दिगो विकाससहित हरियाली विद्यालय वातावरणयुक्त शिक्षा कार्यक्रम सफल हुने निश्चित छ । वातावरण संरक्षण र दीगो विकासका लागि अघि सारिने कार्यक्रमले विद्यालयलाई हरियाली, सफा, शान्त र सुरक्षित बनाउँदै शैक्षिक गुणस्तर अभिवृद्धि सहित एक्काइसौं शताब्दीको प्रविधिमूलक शिक्षालाई प्रतिष्पर्धी बनाउने कुरामा विश्वास गर्न सकिन्छ । यसको लागि सबै सरोकारवालाको निस्वार्थ लगनशीलताको खाँचो पर्दछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here