जडिबुटीको जानकारी दिन परिचयात्मक कार्यक्रम

0
603

अर्जुनधारा ।

स्थानीयस्तरमा रहेका वडावासीहरुलाई जडिबुटीहरुको विषयमा जानकारी दिने उद्धेश्यले शनिश्चरे आयुर्वेद औषधालय अर्जुनधारा–७को आयोजनामा आइतबार परिचयात्मक कार्यक्रम सम्पन्न भएको छ ।

औषधालय सञ्चालक समितिका अध्यक्ष एवम् वडाध्यक्ष नवराम ढुंगाना “नविन”को अध्यक्षता र नगर प्रमुख हरिकुमार रानाको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष पुनम सुवेदीले गरेकी थिइन् ।

सहजकर्ताद्धय औषधालयका प्रमुख कविराज रामसुशिल यादव र झापा गाँउपालिकाका आयुर्वेद शाखा प्रमुख कविराज राजु पोखरेलले सहजिकरण गरेको कार्यक्रममा ३८ जनाको सहभागीता रहेको थियो ।

कार्यक्रममा अर्जुनधारा–१०का वडाध्यक्ष बलदेवसिंह गोम्देन, प्रमुख प्रशासकीय अधिकृत पंकज भूर्तेललगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको सञ्चालन वडा सदस्य देवकुमार राईले गरेका थिए ।

यसैबिच औषधालय परिसरमा नवनिर्मित भवनको प्रमुख अतिथि नगर प्रमुख रानाले उद्घाटन गरेका थिए ।नगरपालिकाबाट विनियोजित १५ लाख रुपैयाँको लागतमा निर्माण सम्पन्न भएको भवनमा महिला र पुरुष बिरामीहरुको लागि छुट्टाछुट्टैरुपमा थेरापी सञ्चालन हुने बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here