खुदुनावारीमा एनएमबीको शाखारहित बैंकीङ सेवा


२३ असार २०७६, सोमबार १२:१७ मा प्रकासित
  • 95
  •  
  •  
  •  
  •  
  •  
    95
    Shares

अर्जुनधारा।

Advertisement

ग्रामीण भेगमा रहेका स्थानीयहरुलाई बैंकीङ सेवाको पहुँचमा पु¥याउने उद्धेश्यले एनएमबी बैंकको शाखा रहित बैंकीङ सेवा सोमबारदेखि झापाको खुदुनावारीमा शुरु भएको छ ।

बैंक चन्द्रगढी शाखाका प्रबन्धक प्रमोद शर्माको अध्यक्षतामा आयोजित उद्घाटन समारोहमा प्रमुख अतिथि अर्जुनधारा–२का वडाध्यक्ष रघुनाथ खनाललगायतले स्थानीय प्रतिनिधि मुकुन्द भण्डारीलाई संयुक्तरुपमा पिओटी मेसिन हस्तान्तरण गर्दै उक्त सेवाको उद्घाटन गरेका थिए ।

उक्त सेवा अन्र्तगत पिओटी मेसिनमा डेविट कार्ड, क्रेडीट कार्ड र औंठा छापको प्रयोग गरी अत्यन्त सुरक्षित तरीकाले पैसा जम्मा गर्न र झिक्न सकिने, युटिलिटि पेमेन्ट तथा ब्यालेन्स ट्रान्सफरलगायत अन्य सुविधा प्राप्त गर्न सकिने बैंक बिर्तामोड शाखाका प्रबन्धक मेघराज तिम्सिनाले बताए । एक दिनमा प्रति व्यक्ति एक लाख रुपैयाँ सम्मा जम्मा गर्न र झिक्ने सकिने उक्त सेवामार्फत् सिमित कारोबार हुने बताइएको छ ।

कार्यक्रममा बैंकका डिपोजिट म्यानेजर प्रकाश निरौला, किशोर श्रेष्ठ, कृष्ण श्रेष्ठ, राजु श्रेष्ठ, सीएन सापकोटा, हरि वाग्लेलगायतको आतिथ्यता रहेको थियो । बैंक बिर्तामड शाखाका प्रबन्धक तिम्सिनाले औचित्य माथि प्रकाश पारेको कार्यक्रमको सञ्चालन स्थानीय प्रतिनिधि भण्डारीले गरेका थिए ।

उद्घाटन समारोह पश्चात् कार्यक्रमका सहभागीहरुसँग बैंकले प्रदान गर्ने सेवा र सुविधाका विषयमा अन्तरक्रिया कार्यक्रम गरिएको थियो । प्रदेश नम्बर १मा २४ वटा शाखा रहेको उक्त बैंकको हाल झापामा चन्द्रगढी र बिर्तामोडसँगै केर्खा, दमक र दुधेमा शाखा र दुई वटा शाखा रहित बैंकीङ सेवा सञ्चालनमा रहेको छ ।

Facebook Comments

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्