सुपारीका अन्य वैकल्पिक फाइदाहरु


२४ असार २०७६, मंगलवार ०५:५४ मा प्रकासित

कृष्णप्रसाद ढकाल,

Advertisement

सुपारी व्यवसायिक बाली भएकाले यससँग जोडिएका सबै क्रियाकलापलाई व्यवसायिक दृष्टिकोणबाट नै तर्जुमा गर्ने गरिएको छ । यसो नगरे कुनै एक ठाउँको त्रुटीले आयआर्जनमा ठूलो क्षति पु¥याउन सक्ने ठम्याइरहेको छ ।

यस व्यवसायिक बालीको पहिलो तह बीऊ बनाउन लायक सुपारी बोट र दानाको छनौटबाट थालनी हुन्छ । नर्सरी हँुदै बिरुवा रोपणका प्रविधिदेखि प्रशोधनका तौरतरिकाहरु सबैमा उत्पादन र फाइदा दुबै पक्षलाई समानान्तर रुपबाट मापन गरेर नै थालनी गर्ने वातावरणको बिकास भइरहेको छ ।

कलिलो सुपारीको प्रशोधनको क्रममा निस्कने ‘ट्यानिन’ भनिने सहायक उत्पादन (By-product) को प्रयोग कपडा रंगाउन, छाला प्रशोधन गर्न, खाद्य पदार्थमा प्रयोग गरिने रंगको रुपमा तथा अन्य बिभिन्न प्रकारका रंग बनाउने घटकको रुपमा प्रयोग भएको देखिएको छ । कलिलो सुपारीका दानामा ८–१२ प्रतिशत सम्म चिल्लो पदार्थ हुन्छ ।

जसलाई बिस्कुट, पाउरोटी, केक तथा तत्जन्य विविध मिठाइहरु बनाउन पनि प्रयोग गर्ने गरिएका तथ्यहरु प्रकाशमा आएका छन् । यसबाट प्राप्त हुने चिल्लो पदार्थ, (दक्षिण भारतको केरला, कर्नाटका तिर प्राप्त हुने) कोकोआबाट निस्कने नौनी (Cocoa-butter) भन्दा कडा हुन्छ । जसलाई बिभिन्न खाद्यपदार्थमा मिश्रण गर्न सकिन्छ ।

ऐतिहासिक कालमा सुपारी बारेमा बिभिन्न विद्धानहरुले तत्समयको चलनचल्तीको भाषा सस्ंकृत, ग्रीक र चिनिया साहित्य मार्पmत बिभिन्न ब्याख्याहरु गरेको र लेखरचनाहरु तयार गरेको पाइन्छ । ईशापूर्व पहिलो शताब्दीतिर प्राचीन भाषा सस्ंकृतमा सुपारीको बोट, दाना र यसको प्रयोगबारे असंख्य उल्लेखहरु पाइन्छन् । कलिलो र काँचो सुपारीका औषधीय गुणहरुका बारेमा ईशाको चौथो शताब्दि (4th Century AD)मा बाग्भट्टले विषद वर्णन गरेको पाइन्छ ।

उनले यसबाट श्वेत कुष्ट (Leucoderma), कुष्टरोग (Leprocy), खोकी (Cough), मुर्छा (Fits), कृमिजन्य रक्ताल्पता(Worms Anemia) र मोटोपन (Oesity)आदि रोगको उपचारमा असरदार हुन्छ भनेका थिए । हालैका अध्ययनले पनि के देखाएका छन् भने सुपारीको उपचारात्मक रगतमा ग्लुकोजको मात्रा कम भएर हुने असर कम गर्न तथा जुकाको बिरुद्धमा गरिने क्रियाकलाप आदिमा असर कारक पाइएको भनिएको छ ।

– मयापचय प्रणालीमा पाचक तत्वको रुपमा ।
– मधुमेय नासक (Anti-diabetic)को रुपमा यसलाई लिइएको छ । (हैदराबाद मेडिकल कलेजको अनुसन्धानबाट) ।
– केही प्रकारका चर्मरोगको उपचारमा ।
– पानसँग सेवन गर्दा नेत्रज्योती बढ्ने ।
– दम (Asthma)को रोगबाट मुक्ति दिने ।
– हालसालै भारतको केन्द्रीय खाद्य प्रबिधि अनुसन्धान संस्था (CFTRT) मैसुरले ‘पान–सुपारी अमृत’ नामक ‘हल्का पेय’ (Soft drink)को बिकास गरेको छ ।
– न्यून रक्तचाप (LBP) को उपचारमा पुरानो सुपारीको प्रयोग आदि ।
सुपारीबाट निस्किएको रसलाई ‘कसी’ भनिन्छ । यो रस बिकसित मुलुकहरुमा मेशिनद्वारा सोसेर निकाल्ने गरिएको छ, यो प्राकृतिक वस्तु भएकाले निकालिएको रसलाई अन्य धेरै कार्यमा प्रयोग गर्न सकिन्छ त्यसमध्ये केही निम्न अनुसार छन्–
– छालाको सामान उत्पादन गर्ने उद्योगमा रङ्ग चढाउने कार्यमा प्रयोग गर्न सकिन्छ ।
– रङ्ग अथवा पालिसमा प्रयोग गर्न सकिन्छ ।
– मसि तयार गर्ने कार्यमा पनि प्रयोग गर्न सकिन्छ ।
– केही चिज टाँस्न गम तयार गर्ने कार्यमा प्रयोग गर्न सकिन्छ ।
– खाद्य प्रदार्थहरुमा रङ्ग चढाउने कार्यमा पनि प्रयोग गर्न सकिन्छ ।
औषधिको रुपमा :
कलिला सुपारीका दाना प्रशोधन गर्दा सहायक उत्पादनको रुपमा ट्यानिन (Tannins) प्राप्त गरिन्छ । जसको प्रयोग मानिसहरु खाना पछि वा अन्य समयमा तलतल मेटाउनका लागि मुखमा राख्छन् । सुपारीको यसतो प्रशोधनको क्रममा प्राप्त ट्यानिक अम्ल (Tannic Acid)लाई फेरस सल्फेरीसँग न्यानो डिस्टिल्ड पानीमा मिसाउँदा गुणस्तरीय लेख्ने मसी तयार भएको पाइयो ।

यसका लागि कलिलैमा झरेका सुपारीका दानाहरुलाई नै पनि मुख्य रुपमा प्रयोग गर्न सकिने देखियो । उद्योगहरुले समेत ट्यानिन बनाउने कार्यमा आफ्नो ध्यान केन्द्रित गराउन थालेको पाइयो ।

– सुपारीको नियमित रुपको सेवनले शरीरलाई फुर्तिलो बनाउँछ, भनिएको छ ।
– जुका लगायत पेटका किराहरु हटाउनमा शरीरलाई मद्दत पुर्याउँछ ।
– सुपारीमा केही प्रोटीनको मात्रा पनि पाइन्छ ।
– सुपारी सेवनले मुखको क्यान्सर कम हुन्छ ।
– पाचन प्रक्रियामा सहयोगी भूमिका निर्वाह गर्छ ।
– अनुहारमा देखिएका अनावश्यक दागसँगै डण्डीफोर लगायतलाई हटाउनमा यसले मद्दत पु¥याउँछ ।
– सुपारीको एकै बोटले १०० जनाजति मानिसलाई शुद्ध अक्सिजनको आपूर्ति गराउन सक्छ ।
– आयुर्वेदीय औषधिका रुपमा ल्युकोरिया, स्त्रीहरुको गर्भासयको कमजोरी, सेतो पानी बग्ने, पुरुषहरुमा शीघ्र पतन, वीर्य विकार समेतमा फाइदा पुगेको छ ।
– ग्रामिण क्षेत्रमा सुपारीको बोटलाई घर–ग्वाली निर्माणको सामग्रीका रुपमा पनि प्रयोग गर्ने चलन छ ।
– सुपारीको पातमा असाध्यै पोटासको मात्रा रहने कारणले राम्रो मलको रुपमा प्रयोगमा ल्याइने गरेको छ ।

Facebook Comments

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्